Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मोबाइल पसलमा लुटपाट गर्नेलाई पक्राउ गरी कारवाही गर्न गृह मन्त्रालयको निर्देशन


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन २ २०७९
  • 2.1K
    SHARES

काठमाडौं । गृह मन्त्रालयले सोमबार काठमाडौंको गोंगबु क्षेत्रमा प्रदर्शनको क्रममा लोत्से महलमा तोडफोड गरी मोबाइल लगायतका सामाग्री लुट्नेहरुलाई पक्राउ गरी कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयका सचिव बिनोद सिंहले काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दिवेश लोहनी लगायतलाई बोलाएर कारवाही गर्ने निर्देशन दिनुभएको हो ।

यातायात व्यावसायी र मजदुरहरुले गरेको प्रदर्शन भड्किएपछि लोत्से महलमा लुटपाट चलेको थियो । प्रदर्शनकारीहरुले पसल तोडफोड गरेर मोबाइललगायतका सामाग्री लुटेका थिए ।

त्यस्तै, प्रदर्शनका क्रममा प्रहरीको भ्यान र अन्य भवनहरु समेत तोडफोड भएकाले त्यसमा संलग्नलाई पनि कारबाही गर्न गृहमन्त्रालयले निर्देशन दिएको छ । सोमबारको प्रदर्शनलाई नियन्त्रण लिने सवालमा प्रहरीको तर्फबाट पनि समन्वय र स्थितिको आकलन गरी तत्काल लिनुपर्ने रणनीतिबारे कमजोरी भएकोले त्यसबारे पनि गृहले प्रहरी अधिकारीहरुसमक्ष चासो राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४