Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यातायात व्यवसायीलाई तत्काल हड्ताल रोक्न उपप्रधानमन्त्री श्रेष्ठको आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन २ २०७९
  • 2.1K
    SHARES

काठमाडाैं । यातायात व्यवसायी र मजदुरहरुले काठमाडौं उपत्यकामा मंगलबार सार्वजनिक यातायात बन्द गर्ने कार्यक्रम फिर्ता लिएको छ ।

मंगलबार सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यातायात व्यवसायी र मजदुरहरुले उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गरेपछि तत्कालका लागि यातायातमा सार्वजनिक यातायात ठप्प बनाउने कार्यक्रम स्थगन गरेको हो । छलफल क्रममा मन्त्री श्रेष्ठले अहिले हड्ताल गर्ने बेला नभएकाले हड्ताललाई फिर्ता लिन आग्रह गर्नुभयो ।

उहाँले यातायात क्षेत्रको समग्र सुधारका लागि यातायात व्यवस्था सुधार कार्यक्रम बनाइसकिएको र तत्कालको समस्या समाधान गर्न र ७ दिन भित्र नै निर्णय गर्न अर्को कार्यदल बनाइसकिएको उल्लेख गर्दै हड्ताल फिर्ता लिएर यातायात सुचारु गर्न यातायात व्यवसायीहरुसँग आग्रह गर्नुभएको थियो । उहाँले यातायात मजदुरहरुलाई कुटपिट गर्नेहरुलाई पक्राउ गरी तत्काल कारबाही गर्न पनि निर्देशन दिनुभयो ।

मन्त्री श्रेष्ठले लुटपाटमा संलग्न प्रत्यक्ष प्रमाणित भएको खण्डमा तत्काल पक्राउ गरी कारबाही गर्न पनि निर्देशन दिनुभएको थियो । उहाँले ल्होत्से हलमा सोमबार भएको मोबाइल पसलबाट मोबाइल लुटपाटका सम्बन्धमा छानबिन गरी आवश्यक कारबाही गर्ने बताउनुभयो । उहाँले यातायात व्यवसायीहरुले उठाएका जायज मागहरु सम्बोधन हुने र यातायात व्यवसायीहरुमाथि अन्याय हुन नदिने बताउनुभयो ।

त्यस्तै, नेपाल यातायात स्वतन्त्र मजदुर संघका अध्यक्ष भीमज्वाला राईले तत्कालका लागि उपत्यकामा सार्वजनिक यातायात बन्द गर्ने कार्यक्रम स्थगन गरिएको बताउनुभयो । उहाँले सरकारले मजदुरलाई सोमबारको कार्यक्रममा आक्रमण गर्नेहरुलाई पक्राउ गर्ने, ल्होत्से हलको दादागिरीको बारेमा छानबिन गर्ने, यातायात मजदुरलाई पूर्ववत अवस्थामा काम गर्नसक्ने वातावरण बनाउने बारेमा सहमति गरेकाले तत्कालका आगि आन्दोलन फिर्ता लिएको बताउनुभयो ।

उहाँले फागुन ८ गतेसम्म पनि सरकारले आफूसँग गरेका प्रतिवद्धता पूरा नगरे आन्दोलन बढाउँदै जाने बताउनुभयो । फागुन ८ गतेसम्म आफ्ना मागहरुको सम्बोधन नभए आन्दोलनलाई निरन्तरता दिने उहाँकाे भनाइ थियाे।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४