Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भरतमोहनकी छोरी बनिन् रास्वपा केन्द्रीय सदस्य, भन्छिन्–बुवाको उद्देश्य यहीँबाट पूरा हुन्छ


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन २ २०७९
  • 1.5K
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सोमबार केन्द्रीय समितिमा १६ जना थप गर्दा लिमा अधिकारी पनि अटाएकी छन् । उनी नेकपा एमालेका दिवंगत नेता भरतमोहन अधिकारीकी माइली छोरी हुन् ।

व्यवसायमा समेत आवद्ध अधिकारी लामो समय नेकपा एमालेमा सक्रिय थिइन् । ठूलोबुबा मनमोहन र बुबा भरतमोहनले अगाडि बढाएको पार्टीमा २२ वर्ष संगठित सदस्य रहेकी उनी एमालेको उद्योग विभागमा समेत थिइन् ।

माधव नेपालले एमाले विभाजन गरेर नयाँ दल बनाएपछि लिमा नेकपा एकीकृत समाजवादीमा आवद्ध थिइन् । उनले आफ्ना बुबाहरुले आम नागरिकका लागि बोकेको उद्देश्य कम्युनिष्ट पार्टीबाट पूरा हुने नदेखेपछि रास्वपा रोजेको बताइन् ।

‘मैले धेरै अध्ययन गरेर, धेरै सोचेर लिएको कदम हो उनले भनिन्, ‘मनमोहन अधिकारी र भरतमोहन अधिकारीले तल्लो तहको जनताको उत्थानको उद्देश्य बोकेर लाग्नुभएको थियो र ठूलो योगदान गर्नु भएको थियो ।

अधिकारीले अगाडि भनिन्, ‘अबको कम्युनिष्ट पार्टीहरुले त्यो एजेन्डा नबोकेर आफूलाई मात्र बनाउनका लागि हामी जस्तोलाई भ¥याङका रुपमा मात्रै प्रयोग गरेको जस्तो मलाई अनुभूति भएको हुनाले म नयाँ पार्टीमा लागेको हो ।’

एकीकृत समाजवादीको केन्द्रीय परिषद सदस्य समेत रहेकी अधिकारी ४ मंसिरको प्रतिनिधिसभा बैठकमा समानुपातिकतर्फको बन्दसूचीमा थिइन् ।

नेपाल चेम्बर अफ कमर्शको कार्य समिति सदस्य रहेकी उनी नेपाल पूर्वाधार विकास बैंकको निर्देशकसमेत छिन् ।

आफूमा देश र जनताको लागि केही गर्छु भन्ने हुटहुटी रहेको र रास्वपाको आर्थिक एजेन्डा समेत आफूलाई मन परेको अधिकारीको भनाइ छ । ‘अरु पार्टीले खाली घोषणापत्रमा मात्रै लेखेको तर सबै आफू बन्नलाई मात्रै तीन/चार दशकदेखि हामी जस्ता मान्छेहरु भर्‍याङको रुपमा प्रयोग गरेको पाएकाले पनि रास्वपा रोजेँ’, उनले भनिन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४