Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पूर्वराजपरिवारका सदस्यलाई साक्षी राखेर एमाले नेता दुर्गा प्रसाईँले थाले ‘महाअभियान’


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन १ २०७९
  • 2.4K
    SHARES

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईँले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउने महाअभियान’को शुभारम्भ गरेका छन् । सोमबार झापामा आयोजित एक समारोहका बीच प्रसाईँले अभियानको शुभारम्भ गरेका हुन् । 

अभियानका लागि भन्दै उनले नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”सहित,नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली,नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासहित विभिन्न दलका नेताहरूलाई निमन्त्रणा गरेका थिए । यस्तै पूर्वराजपरिवारका सदस्यहरुलाई पनि उनले निमन्त्रण दिएका थिए । 

सो कार्यक्रममा दलका शीर्ष नेताहरूको उपस्थिति नदेखिएपनि पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वयुवराज पारस  शाह, पूर्वअधिराजकुमारी प्रेरणा शाहसहितका राजपरिवारका सदस्यहरूको सहभागिता रहेको छ । 

दुर्गा  प्रसाईँले आफूले सुरु गरेको महाअभियान पार्टी भन्दा माथि देशको रक्षाका लागि भएको दाबी गरेका छन् ।  सामाजिक सञ्जालमार्फत एक अपिल जारी गर्दै प्रसाईँले देशको माटोलाई छातीमा राखेर अभियान सुरु गरिएको भन्दै यो कुनै पार्टी र व्यक्ति विरुद्धको महाअभियान नभएको बताएका छन् ।  उनले देशको रक्षा गर्दै अघि बढ्नु अहिलेको आवश्यकता भएको दाबी गरेका छन् । 

331074312_707215620941907_3522464859466405169_n

प्रसाईँले आफ्नो अभियानको बारेमा केही पार्टीले नजानु भनेर भनेको सुनेको उल्लेख गर्दै त्यस्तो सोचाइ गलत भएको समेत दाबी गरे । 

प्रसाईँको अभियानको शुभारम्भअघि मेची पुलबाट शान्ति पुलसम्म पदयात्रा गरिएको थियो । पदयात्रापछि मेची नगरपालिकाको नयाँ बसपार्कमा भव्य कार्यक्रम गरेर अभियानको शुभारम्भ गरिएको थियो । 

सो क्रममा पूर्वराजा शाहले दीप प्रज्ज्वलनसहित महाभियानको उद्घाटन गरेका थिए । कार्यक्रममा पूर्वराजा शाहले शान्तिको प्रतीक सेतो परेवाको जोडी समेत उडाएका थिए ।

स्मरण रहोस्, नेकपा एमालेका केन्द्रीय सदस्य रहेका प्रसाईँ पछिल्लो समयमा पार्टीको नीति भन्दा फरक एजेन्डा बोकेर गतिविधि गर्दै आएका छन् । तर, यसबारेमा पार्टी नेतृत्व मौन रहँदै आएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४