Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल–भारत सचिव स्तरीय बैठक सुरु


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन १ २०७९
  • 1.8K
    SHARES

काठमाडौं । नेपाल र भारतको सचिव स्तरीय बैठक काठमाडौंमा सुरु भएको छ ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल र भारतीय विदेश सचिव विनयमोहन क्वात्रा बैठकमा सहभागिता जनाउन दरमार्गस्थित होटल याक एण्ड यतिमा पुग्नु भएको छ । भारतीय सचिव क्वात्रा आजै परराष्ट्र सचिव पौडेलको निमन्त्रणामा काठमाडौं आइपुग्नु भएको हो । सचिवस्तरीय बैठकमा कनेक्टीभिटी, विद्युत व्यापार, कृषि तथा स्वास्थ्यसहितका विषयमा छलफल हुनेछ । दुई दिने नेपाल भ्रमणमा आउनु भएका भारतीय विदेश सचिव क्वात्रा सचिव स्तरीय बैठकपछि आजै पराराष्ट्र मन्त्रालयले उहाँको सम्मानमा आयोजना गरेको दिवाभोजमा सहभागी हुनुहुनेछ ।

दुई दिने नेपाल बसाइका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, परराष्ट्र मन्त्री विमला राई पौड्याल सहित राजनीतिक दलका प्रमुख लगायत सरकारी उच्च अधिकारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । विदेश सचिव क्वात्रा मंगलबार स्वदेश फर्कनुुहनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४