Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

डाक्टर कुटपिट प्रकरण : पाँच बुँदे सहमतिसँगै काममा फर्किए चिकित्सक


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ २९ २०७९
  • 2.1K
    SHARES

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा आइतबार ट्रमा सेन्टरका चिकित्सकमाथि भएको कुटपिटपछि उत्पन्न परिस्थितिका सन्दर्भमा सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति भएको छ। 

आइतबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको संघ र सरकारी पक्षबीच भएको वार्तामा पाँच बुँदे सहमति भएको हो । सहमतिसँगै आइतबार आकस्मिकबाहेकका सेवा ठप्प पारेर आन्दोलित बनेका देशभरका चिकित्सक काममा फर्किएका छन् । 

आन्दोलन स्थगित भएपछि संघले जारी गरेको विज्ञप्तिमा घटनामा घाइते भएका चिकित्सकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनको उपचारमा लाग्ने खर्च सरकारले बेहोर्ने सहमति भएको छ । 

यस्तै सम्बन्धित सुरक्षाकर्मीलाई निलम्बन गरी छानविन शुरु भई सकेकोले समग्र पक्षमा एक हप्ताभित्र छानविन सम्पन्न गरी दोषीलाई कारबाही गर्ने विषयमा  सहमति भएको छ । 

यसैगरी विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्दा बिरामी एवं आमनागरिक र विशेषगरी स्वास्थ्य संस्था, विद्यालयलगायतका संवेदनशील संस्था तथा क्षेत्रहरूमा असहजता नहुने गरी “विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७” मा गर्नुपर्ने परिमार्जनसम्बन्धमा नेपाल सरकारसमक्ष एक हप्ता भित्रमा सुझाव पेश गर्ने सहमति पनि भएको छ । 

सुझाव प्राप्त पछि सरकारले त्यसलाई यथाशीघ्र कार्यान्वयनमा लैजाने सहमति  भएको छ । 

शुक्रवार दिउँसो  राष्ट्रपति भण्डारी सङ्घीय संसद्को संयुक्त सदनलाई सम्बोधन गरेर फर्किने क्रममा बाटोमा हिँडेको भन्दै  ट्रमा सेन्टरका चिकित्सक डा जनिथलाल सिंह कुटिएका थिए । 

Press-Release-2079-10-29-1Press-Release-2079-10-29-2

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४