Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आन्दोलनरत चिकित्सकसँग प्रधानमन्त्री कार्यालयमा वार्ता जारी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ २९ २०७९
  • 2.5K
    SHARES

काठमाडौं । आन्दोलनरत चिकित्सकका प्रतिनिधि र सरकारी टोलीबीच वार्ता जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बिहानैदेखि वार्ता भइरहेको हो ।

वार्तामा सरकारको तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव डा. गणेश पाण्डे र चिकित्सकहरुको तर्फबाट नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की नेतृत्वको टोली सहभागी छन् ।

प्रहरीबाट ट्रमा सेन्टरका एक चिकित्सक कुटिएको विरोधमा देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरेर नेपाल चिकित्सक संघले आन्दोलन घोषणा गरेपछि समस्या समाधानका लागि वार्ता भइरहेको थियो । वार्तामा ट्रमा सेन्टरका निर्देशक रुद्र मरासिनीसमेत सहभागी छन् ।

माघ २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरका एक चिकित्सकलाई सुरक्षाकर्मीले लाठी प्रहार गरेर घाइते बनाएको भन्दै नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरुले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गरेका छन् ।

स्वास्थ्य मन्त्रालयले गएराति विज्ञप्ति जारी गर्दै चिकित्सकलाई घाइते बनाउने प्रहरीलाई निलम्बन गरी कारबाहीको प्रक्रिया अघि बढाइसकेको र उक्त घटनाको विषयमा थप छलफल गरी वार्तामार्फत् समस्याको समाधान गर्न प्रयास भइरहेको जानकारी पनि दिएको थियो ।

स्वास्थ्य मन्त्रालयले आन्दोलन फिर्ता लिन र नियमित सेवामा खटिन पनि नेपाल चिकित्सक संघलाई आह्वान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४