Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रपति भण्डारीको जोड : ‘प्रतिभा विदेश पलायन रोकौं’


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ २७ २०७९
  • 2.3K
    SHARES

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमै श्रमबजार खोलेर प्रतिभा विदेश पलायलन रोक्न आग्रह गरेकी छिन् । शुक्रबार संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले स्वदेशमै रोजगारीको व्यवस्था गर्न आग्रह गरेकी छिन् । उनले सरकारले पर्यटकीय क्षेत्रको विकास, पूर्वाधार निर्माण, सेवाको उपलब्धताका लागि सहजीकरण, सेवा र गुणस्तरको अनुगमन, राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा बजारीकरण र सहज पहुँचको व्यवस्थापन गर्नुपर्नेमा जोड दिइन् ।

उनले नेपालको मौलिक सांस्कृतिक सम्पदाको व्यापक प्रचारप्रसार गरी पुनर्जागरणका लागि नेपाल सरकारको ध्यान जानेमा आफूले विश्वास लिएको बताइन् । प्रत्येक वर्ष श्रम बजारमा प्रवेश गर्ने जनशक्तिलाई देशभित्रै रोजगारीको व्यवस्था मिलाउन सार्वजनिक र निजी क्षेत्रले सहकार्य गर्न आवश्यक रहेकोमा जोड दिइन् । दैनिक रुपमा भइरहेको प्रतिभा पलायन रोक्न आर्थिक सामाजिक र पूर्वाधार विकासमा निगरानी बढाउनुपर्नेमा जोड दिइन् ।

उनले भनिन्– ‘श्रमको संस्कृतिको सम्मान गर्न श्रमको उचित प्रतिफल उपलब्ध गराउन सरोकारवाला निकायहरुबीच समन्वय र सहकार्य हुनुपर्दछ । देशमा काम गरेर केही हुँदैन भन्ने धारणामा परिवर्तन ल्याउनुपर्दछ । आजका युवा नयाँ कुरा गर्न र केही कुरा सिक्न चाहना गर्ने हुनाले परम्परागत श्रमबजारले मात्र श्रमको क्षेत्रमा आउने नयाँ श्रमिकको अपेक्षा पूरा गर्न सक्दैन । तसर्थ बजारको माग अनुरुप जनशक्ति उत्पादन गर्न सक्षम हुनेगरी शैक्षिक प्रणालीमा सुधार गर्ने कार्यलाई एकीकृत ढंगबाट अगाडि बढाउनुपर्दछ ।’

उनले सरकार छ भन्ने देखाउन सार्वजनिक सेवा प्रवाहको काम चुस्त दुरुस्त राख्नुपर्नेमा जोड दिइन् । नागरिकले घरदैलोमै सरकार छ भन्ने अनुभूति गर्नेगरी सेवा प्रवाहको व्यवस्था मिलाउन आग्रह गरिन् । उनले भनिन्– ‘एकै प्रकारको कागजात भिन्न भिन्न सरकारी कार्यालयमा पेस गर्नुपर्ने बाध्यतालाई तत्काल हटाउन, हाल सञ्चालनमा रहेका सरकारी प्रणालीहरुले एक अर्काले सजिलै सञ्चार गर्न सक्नेगरी अन्तर आवद्धता व्यक्त गर्नुपर्दछ ।

संघीय सरकारको अगुवाईमा प्रदेश सरकारले यस्तो सुविधाको व्यवस्था गर्ने उनको विश्वास रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४