Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमल शाहले आज शपथ लिंदै


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ २७ २०७९
  • 2.1K
    SHARES

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज शुक्रबार पद तथा गोपनियताको शपथ ग्रहण लिनु हुने भएकाे छ ।

शाहलाई शुक्रबार दिउँसाे साढे ३ बजे प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनियताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएकाे भएकाे हाे । १ महिना अघि नेकपा एमालेबाट मुख्यमन्त्री हुनुभएका राजेन्द्रसिंह रावलले बिहिबार बसेको प्रदेश सभा बैठकमा विश्वासको मत प्राप्त गर्न नसकेपछि नेपाली कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाह सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा बिहिबार साँझ नियुक्त हुनुभएकाे थियाे।

निवर्तमान मुख्यमन्त्री रावलले विश्वासको मत नपाएपछि पद गुमाउँदै राजीनामा दिएपछि कांग्रेस संसदीय दलका नेता शाहलाई प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे थियाे । संविधान धारा १६८ को उपधारा २ बमोजिम एमालेका तर्फबाट मुख्यमन्त्री चयन हुनुभएका रावलले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभामा सबै भन्दा ठूलो दल कांग्रेसमा प्रदेश संसदीय दलका नेता शाहले मुख्यमन्त्रीमा दावी पेश गर्नुभएकाे थियाे । त्यस लगत्तै प्रदेश प्रमुख जोशीले उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे थियाे ।

रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसदले आफ्नो माग पूरा नभएकाले रावललाई विश्वासको मत नदिएको जनाएको छ । तर सत्ता साझेदार उन्मुक्ति पार्टी लगायतका राजनीतिक दलहरूको समर्थनमा रावल गत पुस २७ गते मुख्यमन्त्री पदमा नियुक्त हुनुभएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४