Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रास्वपालाई पुनः सरकारमा सहभागी हुन राजनीतिक संयन्त्रको आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ २७ २०७९
  • 2.4K
    SHARES

काठमाडौं । सत्तासाझेदार दलहरु सम्मिलित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई पुनः सरकारमा आउन आग्रह गरिएको छ ।

बालुवाटारमा शुक्रबार बिहान बसेको बैठकमा रास्वपालाई सरकारमा ल्याउने बारेमा छलफल भएको हो ।

सरकारबाट बाहिरिएको रास्वपाले समर्थन भने कायमै राखेको छ ।

बैठकमा राष्ट्रपति निर्वाचन, समसामयिक राजनीतिक घटनाक्रम, सुदूरपश्चिम सरकार लगायतका विषयमा छलफल भएको बताइएको छ ।

दुई महिना नपुग्दै रास्वपा बाहिरिनु, राष्ट्रपतिमा प्रधानमन्त्री प्रचण्ड”ले राष्ट्रिय सहमतिको अडान लिनुजस्ता विषयमा गठबन्धनमा खटपट देखिएको छ ।

बिहीबार मात्रै नागरिक उन्मुक्तिले विश्वासको मत नदिँदा नेकपा एमाले नेतृत्वको सुदूरपश्चिम सरकार ढलेको छ ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी थिए ।

जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका नेता भने उपस्थित भएनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४