Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रोनाल्डोको चार गोल, करियरको ६१औं ह्याट्रिक


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ २७ २०७९
  • 1.7K
    SHARES

काठमाडौं । क्रिस्टियानो रोनाल्डो एक्लैले चार गोल गर्दा साउदी प्रो लिगमा अल नासरले अल वेहदालाई ४-० ले पराजित गरेको छ ।

अल नासरका लागि पहिलो गोल गरेसँगै रोनाल्डोले लिग फुटबलमा ५०० औं गोल समेत पूरा गरे । चार दिनअघि मात्रै ३८औं जन्मदिन मनाएका रोनाल्डोले पाँच फरक देशका लिग खेल्दा कूल ५०३ गोल गरेका हुन् ।

अल नासरका लागि रोनाल्डोले २१औं, ४०औं र ५३औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए भने ६१औं मिनेटमा चौथो गोल गरेका थिए ।

रोनाल्डोले लिगमा रियल मड्रिडका लागि सर्वाधिक ३११ गोल गरेका छन् ।

यस्तै म्यानचेष्टर युनाइटेडका लागि १०३, युभेन्ट्सका लागि ८१, स्पोर्टिङ लिस्वनका लागि ३ र अल नासरका लागि ५ गोल गरेका छन् ।

रोनाल्डोले करियरको ६१औं ह्याट्रिक पनि पूरा गरे । उनले रियलका लागि सर्वाधिक ४४ ह्याट्रिक गर्दा पोर्चुगलको लागि १० ह्याट्रिक गरेका छन् ।

म्यानचेष्टर युनाइटेड र युभेन्ट्सबाट समान ३ ह्याट्रिक गर्दा अल नासरबाट पहिलो ह्याट्रिक गरेका हुन् । अल नासर जितपछि १६ खेलबाट ३७ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । १७ खेलबाट समान ३७ अंक नै जोडेको अल शाबब गोल अन्तरमा पछि छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४