Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुदूरपश्चिमबाट पुरानो गठबन्धन ब्युँतिने संकेत,नेकपा माओवादी सकारात्मक


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ २६ २०७९
  • 4.3K
    SHARES

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढलेपछि चुनावअघिको गठबन्धन ब्युँतिने संकेत देखिएको छ ।,नेपाली कांग्रेस,नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको समर्थनमा नयाँ सरकार बनाउने तयारी भइरहेको छ ।

नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले आफू नेपाली कांग्रेस नेतृत्वको सरकारमा सहभागी हुने बताएका छन् ।

उनले भने, ‘हामी नेपाली कांग्रेस सरकारमा सामेल भैहाल्छौं । सँगै चुनाव लडेर आयौं । हाम्रा भोटले नेपाली कांग्रेसले जित्यो,नेपाली कांग्रेसका भोटले हामी जित्यौं ।

नेपाली कांग्रेस नेतृत्वको सरकारमा सहभागी हुन नेकपा माओवादी केन्द्र पनि सकारात्मक रहेको उनले बताएका छन् । उनले भने, ‘हामी नेकपा माओवादी केन्द्रलाई पनि सरकारमा सहभागी गराउने विषयमा छलफल भइरहेको छ । केन्द्रमा पनि नेताहरुबीच छलफल होला ।

नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल नेतृत्वको सरकारले एक महिनाभित्र विश्वासको मत प्राप्त गर्न नसकेपछि नेपाली कांग्रेस संसदीय दलका नेता कमल शाह मुख्यमन्त्री बन्दै छन् । प्रदेशसभाबाट पत्र गएपछि प्रदेश प्रमुख देवराज जोशीले सरकार गठनका लागि संसद्को सबैभन्दा ठूलो दललाई आह्वान गर्ने छन् । सुदूरपश्चिममा १९ सांसदसहित नेपाली कांग्रेस सबैभन्दा ठुलो दल रहेको छ ।

नेपाली कांग्रेसलाई पनि विश्वासको मत पाउन नागरिक उन्मुक्ति पार्टी नाउपा र नेकपा एकीकृत समाजवादीको समर्थन आवश्यक हुने छ । नागरिक उन्मुक्ति पार्टी  नाउपाले साथ नदिए पनि नेकपा माओवादी केन्द्रको साथ शाहलाई अनिवार्य रहेको छ ।

सुदूरपश्चिमबाट पुरानो गठबन्धन ब्युँतिने सम्भावना पनि बढी देखिन्छ । नेकपा माओवादी केन्द्रका नेता खगराज भट्टले अब केन्द्रको निर्देशन अनुसार पार्टी अगाडि बढ्ने बताएका छन्  । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड”लाई कांग्रेसले विश्वासको मत दिएको छ । केन्द्रमा पनि पुराना सत्ता गठबन्धन ब्युँताउने प्रयास भइरहेका छ ।

नेपाली कांग्रेसका नेताहरू सुदूरपश्चिमबाट पुरानो गठबन्धन ब्युँताउने अभियान सुरु हुने बताउँछन् । सभापति शेरबहादुर देउवाको गृह प्रदेश समेत रहेको सुदूरपश्चिमबाट नेपाली काँग्रेसको सत्ता रोहण गराउन नेताहरू सक्रिय रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४