Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सत्ता गठबन्धनलाई सुदूरपश्चिमबाट धक्का : कांग्रेसको नेतृत्वमा नयाँ सरकार


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ २६ २०७९
  • 2.2K
    SHARES

काठमाडौं। सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने भएको छ । नेकपा एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावलले एक महिनाभित्र विश्वासको मत पाउन नसकेपछि उनी स्वतः पदमुक्त भएका हुन् ।

बिहीबार मुख्यमन्त्री रावलले विश्वासको मत लिने अन्तिम दिन थियो । तर प्रदेश सभा बैठकमा रावलले विश्वासको मत प्रस्ताव बहुमतले अस्वीकृत भयो ।

पुस २७ मा नेकपा एमालेका १० नेकपा माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र १ राप्रपा १ गरी २९ जना सांसदको समर्थनमा नेकपा एमाले संसदीय दलका नेता रावल मुख्यमन्त्री बनेका थिए ।

सरकार गठन भएको एक महिनामै सत्ता घटक नागरिक उन्मुक्ति पार्टीले साथ छाडेपछि सुदूरपश्चिमबाट सात दलीय गठबन्धनको सरकार ढलेको हो । ५३ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्छ।

नागरिक उन्मुक्ति पार्टी नाउपाको साथ नपाउने भएपछि रावललाई विश्वासको मतका लागि ५ सांसद अपुग भएको अवस्था छ । प्रदेश सभामा नेकपा एमालेका १०,नेकपा माओवादी केन्द्रका (सभामुखसहित) ११, र राप्रपाका १ गरी २२ सांसद मात्र उनको साथमा रहेका थिए ।

विपक्षमा रहेको नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका ४ र १ स्वतन्त्र सदस्य छन् । रावल पदमुक्त भएपछि अब प्रदेशसभाको सबैभन्दा ठुलो दलको हैसियतले नेपाली कांग्रेसलाई सरकार बनाउन बाटो खुलेको छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह छन् । अब उनको नेतृत्वमा सुदूरपश्चिममा नयाँ सरकार गठन हुनेछ । संविधानको धारा १६८ (२) अनुसार रावल नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि अब संविधानको धारा १६८ (३) अनुसार नयाँ सरकार गठन हुँदैछ ।

संविधानको धारा १६८ (३) मा ‘प्रदेशसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेशसभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछन्’ भनिएको छ ।

रावलले विश्वासको मत पाउन नसकेमा उपधारा (३) बमोजिम नेपाली कांग्रेस संसदीय दलका नेता कमल शाहलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने छन् ।

सुदूरपश्चिममा १९ सांसदसहित नेपाली कांग्रेस सबैभन्दा ठुलो दल छ । नेपाली कांग्रेसलाई पनि विश्वासको मत पाउन नाउपा र एकीकृत समाजवादीको समर्थन आवश्यक हुनेछ । नागरिक उन्मुक्ति पार्टी नाउपाले साथ नदिए नेकपा माओवादी केन्द्रको साथ अनिवार्य छ । सुदूरपश्चिमबाट पुरानो गठबन्धन ब्युँतिने सम्भावना पनि देखिन्छ । नेकपा माओवादी केन्द्रका नेता खगराज भट्टले अब केन्द्रका निर्देशन अनुसार अगाडि बढ्ने बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४