Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस महामन्त्री थापाबीच भेटवार्ता


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ २६ २०७९
  • 2.7K
    SHARES

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाबीच भेटवार्ता भएको छ । बिहीबार बिहान प्रधानमन्त्री प्रचण्ड र महामन्त्री थापा भेटवार्ता भएको हो । राष्ट्रपति निर्वाचन र पुरानो गठबन्धन ब्युँताउने सन्दर्भमा थापाले प्रधानमन्त्री प्रचण्डलाई भेटेको बुझिएको छ । महामन्त्री थापा सभापति देउवाको सल्लाह अनुसार केही दिनअघि मात्रै प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए ।

राष्ट्रपतिमा अहिलेसम्म नेपाली कांग्रेस र नेकपा एमालेले उम्मेदवार उठाउने सार्वजनिक गरिसकेका छन् । नेपाली कांग्रेसले उठाउने राष्ट्रपतिको उम्मेदवारमा नेकपा माओवादी केन्द्रको समर्थन प्राप्त गर्न सभापति देउवाले,महामन्त्री थापाबाहेक नेताहरू  पूर्णबहादुर खड्का र रमेश लेखक पनि लागिरहेका छन् ।

नेकपा माओवादी केन्द्रबाट पनि निर्वाचनअघिको गठबन्धन ब्युँताउन उपाध्यक्ष कृष्णबहादुर महरा, उप–महासचिव जनार्दन शर्मा, शक्ति बस्नेत, गिरिराजमणि पोखरेल लगायतका नेताहरू वातावरण निर्माणमा लागेको बताइन्छ । नेकपा माओवादी केन्द्रका नेतासँगको संवादमा रहेका महामन्त्री थापा गठबन्धन ब्युँतिने परिस्थिति बन्दै गएको दाबी गर्छन् ।

प्रधानमन्त्री प्रचण्डसँग डेढ घण्टाको भेटपछि थापा राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित हुनेमा विश्वस्त देखिन्छन् । नेपाली कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार रामचन्द्र पौडेललाई बनाउने तयारी छ । प्रधानमन्त्री प्रचण्ड र नेकपा माओवादी केन्द्रका दोस्रो तहका नेतासँगको छलफलमा नेपाली कांग्रेसले रामचन्द्र पौडेलको नाम राष्ट्रपतिको उम्मेदवारका लागि अगाडि सारेको छ ।

नेपाली कांग्रेसका नेताहरूसँगको संवादमा अध्यक्ष प्रचण्ड”ले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने बचन दिएको नेपाली कांग्रेसका  नेताहरूको दाबी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४