Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अब नेपाली आकाशमा पनि उडानमै इन्टरनेट चलाउन पाइने


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ २६ २०७९
  • 2.7K
    SHARES

काठमाडौँ । नेपालको आकाशमा उडान गर्ने हवाई सेवाप्रदायकले उडानका क्रममा सञ्चार सेवा उपलब्ध गराउन पाउने बाटो खुलेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले उडानका क्रममा हुने सञ्चारसम्बन्धी अन्तरिम निर्देशिका जारी गर्दै यस्तो बाटो खुला गरेको हो ।

अब उडानकै क्रममा यात्रुले मोबाइल तथा इन्टरनेट सेवा उपयोग गर्न पाउनेछन् । निर्देशिकाले उडानका क्रममा यस्तो सेवा प्रदान गर्न चाहनेलाई सेवाप्रदायकको अनुमति दिने व्यवस्था गरेको हो । यो व्यवस्थाअनुसार अनुमति प्राप्त सेवाप्रदायकले नेपालको आकाशमा उडानका क्रममा सञ्चार सेवा उपलब्ध गराउन चाहने स्वदेशी तथा विदेशी हवाई सेवाप्रदायकलाई त्यस्तो सेवा उपलब्ध गराउन सक्नेछन् ।

अनुमति प्राप्त सेवा प्रदायकले त्यस्तो सुविधा नेपाली आकाशमा उडान भरिरहेको अवस्थामा मात्र उपलब्ध गराउन सक्ने निर्देशिकाले प्रस्ट पारेको छ । अन्य देशको हकमा भने सम्बन्धित देशको नियमानुसार नै गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । निर्देशिकाअनुसार १० हजार फिटमाथि उडान गरिरहेको र अवरोध नहुने अवस्थामा मात्र त्यस्तो सञ्चार सेवा उपलब्ध गराउन पाइनेछ । त्यसभन्दा कम उचाइको उडानमा भने यात्रुका लागि यस्तो सेवा प्रतिबन्ध गरिएको छ ।

निर्देशिकाअनुसार कानुनी रूपमा दर्ता भएका स्वदेशी अथवा विदेशी दुवै किसिमका सेवाप्रदायकले यस्तो सेवा उपलब्ध गराउन सक्नेछन् । निर्देशिकाले यस किसिमको सेवा उपलब्ध गराउन आवश्यक प्रक्रियाको पनि स्पष्ट व्यवस्था गरेको छ । आफ्नो उडानमा सञ्चार सेवा उपलब्ध गराउन चाहने हवाई सेवाप्रदायकले सेवाको किसिम, प्रयोग हुने फ्रिक्वेन्सी, स्याटेलाइट र अर्थ स्याटेलाइटको विवरण, प्रयोग हुने प्रविधि, सञ्चार सेवा उपलब्ध गराउने सेवाप्रदायकको विवरण पेस गर्नुपर्नेछ ।

सेवाप्रदायकको हकमा भने सञ्चार सुविधा उपलब्ध गराउन स्याटेलाइट सेवा प्रदायकसँग सम्झौता गरेको हुनुपर्नेछ । सेवाप्रदायकले हवाईजहाजभित्र कुनै किसिमको उपकरण जडान गर्नुपर्ने अवस्थामा भने नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएको हुनुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४