Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गर्भावस्थाको नवौं महिना के गर्ने, के नगर्ने ?


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ २५ २०७९
  • 2.5K
    SHARES

गर्भावस्थामा शरीरको आकार बढ्दा महिलालाई धेरै कुरामा असहज हुन्छ । गर्भावस्थाको पनि पूर्ण अवधि नवौं महिनामा अझ धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । यस अवधिमा कुनै बेला प्रसव पीडा हुन सक्छ । जसका लागि शारीरिक र मानसिक दुवै तवरले आफूलाई तयार राख्नुपर्छ ।

नवौं महिनमा सबैभन्दा ध्यान दिनुपर्ने कुरा नियमित स्वास्थ्य जाँच हो । बच्चा कति चलेको छ र कति पटक चलेको छ भन्ने कुरामा पनि विशेष ध्यान दिनुपर्छ । बच्चा दिनमा कम्तीमा पनि १० देखि १५ पटक राम्ररी चलेको हुनुपर्छ ।

नवौं महिनामा रक्तचाप पनि बढ्न सक्छ । त्यसैले टाउको दुख्यो, नाइटोमाथि दुख्यो, आँखा धमिलो भयो, खुट्टा अस्वाभाविक रूपमा सुन्नियो भने पनि अस्पताल जानुपर्छ । डाबर र फोका नआई हातखुट्टा चिलाउँछ भने पनि सचेत हुनुपर्छ । विशेषगरी हत्केला र पैताला धेरै चिलाउने भयो भने चिकित्सकको सल्लाह लिनुपर्छ ।

जन्डिस, तल्लो पेट असाध्यै दुख्ने, पिसाब पोल्ने, रगत तथा सेतो पानी बग्नेजस्ता समस्या देखिए अस्पताल गएर चिकित्सकको सल्लाह लिनुपर्छ ।

गर्भावस्थाको नवौं महिनामा के खाने ?

गर्भावस्थामा यो खान हुँदैन, त्यो खान हुँदैन भनेको हामी सुन्छौ । विशेषगरी मेवा, मह खानै हुन्न पनि भनेको सुनिन्छ । यो कुराको कुनै वैज्ञानिक आधार छैन । त्यसैले यो भ्रमलाई हटाउनुपर्छ ।

गर्भावस्थामा कब्जियत हुन्छ । त्यसैले शरीरलाई हाइड्रेट राख्न प्रशस्त मात्रामा पानी पिउनुपर्छ । साथै फाइबरयुक्त हरियो सागसब्जी, फलफूल, अन्न र गेडागुडी खानुपर्छ । पालुङ्गोको साग, स्याउ, ब्रोकाउली, मासुलगायत आइरनयुक्त खाना पनि खानुपर्छ ।

गर्भावस्थामा क्याल्सियमयुक्त खानेकुरा खानुपर्छ । यसका लागि दुग्धजन्य पदार्थ र दही आदिको सेवन गर्न सकिन्छ । शरीरमा आइरन अवशोषित गर्न कागती, सुन्तला र टमाटरजस्ता भिटामिन सीयुक्त खाना पनि खानुपर्छ ।

के नखाने ?

गर्भावस्थाको नवौं महिनामा कफी, चिया र चकलेटजस्ता क्याफिनयुक्त चीज खानु हुँदैन । गर्भावस्थामा मदिरापान वा धूम्रपान एकदमै नराम्रो हो । यसले गर्भको शिशुमा प्रत्यक्ष हानि गर्छ । जंकफुड, बाहिरको खाना पनि नखानु नै उचित हुन्छ ।

अपनाउनुपर्ने सावधानी

नवौं महिना लागेपछि कुनै पनि समयमा प्रसव पीडा हुन सक्छ । त्यसैले त्यसको लागि तयार रहनुपर्छ । कुन अस्पताल जाने भनेर योजना बनाउनुपर्छ । खर्च पनि जुटाइरहनुपर्छ । गर्भावस्थामा रोगसँग लड्ने क्षमता कम हुन्छ । त्यसैले सम्पूर्ण स्वास्थ्यमा ध्यान दिनुपर्छ । भीडभाडमा जाने वा सरसफाइमा ख्याल नगर्ने जस्ता गल्ती गर्नै हुँदैन ।

गर्भवती महिला स्वस्थ र सुखी रहिन् भने बच्चालाई पनि धेरै प्रकारका मानसिक तथा शारीरिक रोगबाट बचाउन सकिन्छ । नवौं महिनामा तनाव लिइयो भने डेलिभरीको समयमा समेत जटिलता हुन सक्छ । त्यसैले सकारात्मक रहनुपर्छ ।

यो अविधमा लामो यात्रा पनि गर्नुहुँदैन । गर्भावस्थाको नवौं महिनामा यात्रा गर्दा रगत जाने समस्या हुन सक्ने भएकाले सकेसम्म लामो यात्रामा निस्किनु हुँदैन । यसैगरी आफ्नो पेटमा बल पर्ने गरी धेरै झुक्नु हुँदैन र भारी चीजहरू उठाउनु हुँदैन ।

डा. सुवेदी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् । उनी नेपालगञ्जस्थित भेरी अस्पतालमा कार्यरत् छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४