Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सिभिल बैंकका कर्मचारीले गरे पेन डाउन


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ २५ २०७९
  • 1.8K
    SHARES

काठमाडौं । हिमालयन बैंकसँगको मर्जरको क्रममा कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै सिभिल बैंकका कर्मचारीहरुले आन्दोलन सुरू गरेका छन् ।

सिभिल बैंकका कर्मचारी युनियनका अध्यक्ष सत्यन्द्र निरौलाले एक तह घटुवा हुने गरी कर्मचारी समायोजन गर्न लागिएको विरोधमा आज बिहान १० बजेदेखि २ घण्टाका लागि देशभरका शाखा कार्यालयमा पेन डाउन सुरू गरेको बताए । कर्मचारी समायोजनमा व्यवस्थापनसँग छलफल भइरहेको र उनीहरूलाई दबाब बढाउन पेन डाउन गरेको उनले बताए ।

हिमालयन र सिभिल बैंकबीच मर्जरको प्रारम्भिक सम्झौता गत असारमा र अन्तिम मर्जर सम्झौता गत पुसमा भएको थियो । तर एकीकृत कारोबार फागुनबाट सुरु गर्ने तयारी छ । अहिले सफ्टवेयर मिलान, कर्मचारी समायोजन लगायतका काम भइरहेको छ ।

सिभिल बैंकका अर्का एक उच्च तहका कर्मचारीले हिमालयन बैंकका सीईओ अशोक शमशेर राणा पिता हिमालय शमशेरको निधनको शोकमा रहेकाले कर्मचारीको असन्तुष्टिको विषयमा छलफल गर्न समस्या भएको बताउँछन् ।

यस्तो छ कर्मचारीको असन्तुष्टिको कारण

सिभिल बैंकमा सुपरभाइजर भन्ने तह छ । हिमालयन बैंकमा सुपरभाइजर भन्ने तह खारेज भइसकेको छ । मर्जरपछि अहिलेको सिभिल बैंकका सुपरभाइजर तहका कर्मचारी पनि सिनियर असिस्टेन्ट हुने भए । यसले बैंकमा नै काम गर्छु भन्ने कर्मचारीलाई समस्या पर्दैन । तर, अन्य बैंकमा अवसर आउँदा भने उसलाई समस्या हुन्छ ।

सिभिलमा सुपरभाइजर भएर काम गरिसकेको कर्मचारी अन्य बैंकमा जाँदा जुनियर अफिसर भएर जानुपर्ने हुनसक्छ । तर, कर्मचारी समायोजनमा सिनियर असिस्टेन्ट पछि अन्य बैंकमा जाने फेरि सुपरभाइजर हुन्छ ।

यसले अन्य बैंकमा अवसर खोजेर जानेलाई एक तह तल पर्दा समस्या हुन्छ भन्ने हो । कर्मचारीले खाइपाइ आएको सेवा सुविधा घट्ने गरी समायोजन हुन लागेको भने होइन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४