काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकार छाड्ने निर्णय गरेको हो ।
यसबारे जानकारी दिन राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पत्रकार सम्मेलन गर्दैछ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
आइतबार बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त वैठकले सो निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी सभापति रवि लामिछानेलाई मन्त्री नबनाउने र सो पार्टीलाई गृहमन्त्रालय नदिने सन्देश दिएलगत्तै सो पार्टीले सरकारबाट बारिहने निर्णय गरेको हो ।
बैठकले सरकारका मन्त्री फिर्ता बोलाउने निर्णय गरेपनि समर्थन भने जारी राख्ने निर्णय गरेको छ ।