Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एक महिने स्वस्थानी व्रत विधिपूर्वक समापन गरिँदै


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ २२ २०७९
  • 1.7K
    SHARES

काठमाडौं । पुस शुक्ल पूर्णिमाका दिनदेखि सुरू गरिएको स्वस्थानी व्रतको माघ शुक्ल पूर्णिमाका दिन आज समापन गरिँदैछ ।

पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरू गरी नित्य मध्यान्हकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आइतबार व्रत समापन गर्न लागेका हुन् ।

पुस शुक्ल पूर्णिमादेखि सुरू गरिने स्वस्थानी बाचन पनि पनि आजै सकिन्छ ।

व्रत समाप्तिका दिन श्रीस्वस्थानीको पूजा गरी चढाइने एक सय आठ रोटी, पान, कुड्का सुपारीलगायत सामग्रीमध्ये आठ–आठ रोटी, सुपारी र पानलगायत सामग्री आफ्ना श्रीमानलाई, श्रीमान नभए छोरालाई, छोरा पनि नभए मीत छोरा र मीत छोरा पनि नभए आफ्नो इच्छा पूरा होस् भनी खोलामा लगेर बगाइदिने र बाँकी ब्रतालु स्वयंले खाने प्रचलन छ ।

सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउन विष्णुको सल्लाहानुसार निराहार बसेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकांक्षा पूर्ण भएको र पछि उनले लोककल्याणका निम्ति सो व्रतकथा प्रचारप्रसार गराई गरीब तथा दुःखीको उद्धार गरेकाले परम्परागत रूपमा यो कथा प्रचलित हुँदै आएको मानिन्छ ।

व्रतालुहरुले आज नजिकका तीर्थहरुमा गई नुहाई धुवाई गरी विधिपूर्वक पूजा गरी दान दक्षिणा गर्ने चलन छ । साँझ पूर्णिमा व्रतको पूजासँगै महिना दिन लामो स्वस्थानी ब्रत पूरा हुन्छ ।

काठमाडौंको शालीनदीलगायतका तीर्थस्थलहरुमा बिहानैदेखि ब्रतालुहरुको भीड लाग्ने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४