Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रपतिमा दाबी नगर्ने दलहरुको मत निर्णायक


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ २० २०७९
  • 2K
    SHARES

काठमाडौं । भावी राष्ट्रपतिका लागि दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले दाबी गरिरहे पनि निर्णायक मत भने उनीहरूबाहेकका दलसँग छ । यी दुईमध्ये कतै एकातिर तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्र मात्र जोडिँदा पनि राष्ट्रपति निर्वाचित हुन पर्याप्त मत पुग्दैन । त्यस्तो अवस्थामा साना दलहरूको मत समेत निकै महत्वपूर्ण हुने अवस्था छ ।

राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते गर्ने गरी निर्णय भएको छ । त्यसका लागि उम्मेदवारी मनोनयन फागुन १३ गतेका लागि तोकिएको छ । राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतभारबाट हुने निर्वाचनमा माओवादी, कांग्रेस र एमालेको तानातानमा देखिन्छ । ५२ हजार ६ सय २८ को कूल मतभारमा राष्ट्रपतिमा विजयी हुन बहुमत अर्थात २६ हजार ३१५ मत कटाउनुपर्ने हुन्छ ।

राष्ट्रपति चुनावमा प्रमुख दाबेदार कांग्रेसको १६ हजार २ सय २१ मत छ । अर्को दाबेदार एमालेको १५ हजार ३६० मत छ । यी दुवै दलबीचको प्रतिस्पर्धामा माओवादीको ७ हजार ८ सय २४ मत निर्णायक अवस्थामा छ ।

माओवादीको भोट आकर्षित गर्न सक्ने दलले नै अन्य साना दलबाट आवश्यक मत पाउन सक्ने देखिन्छ । २ हजार ४ सय ५० मत भएको राष्ट्रिय प्रजातन्त्र पार्टी र १ हजार ५०१ मत भएको रास्वपा एमाले निकट देखिएका छन् । यी दलको मत १९ हजार ३ सय ११ छ ।

अहिलेको सत्ता गठबन्धनअनुसार एमाले, माओवादी, राप्रपा र रास्वपा मिले २७ हजार २ सय १४ मत कटाउने छन् । तर, एमालेलाई राष्ट्रपति दिन माओवादीले आनाकानी गरिरहेको छ । माओवादीबाहेकका दल पनि निर्णायक मत लिएर बसेका छन् । २ हजार ४ सय ९४ मत भएको नेकपा एस, २ हजार १४५ मत भएको जसपा, १ हजार २४२ मत भएको जनमत, १ हजार १९ मत भएको लोसपा र ८९२ मत भएको नागरिक उन्मुक्ति पार्टीको मत राष्ट्रपतिका लागि निकै महत्वपूर्ण रहेको देखिन्छ । यी दलको कुल मत ७ हजार ७ सय ९२ छ । जुन माओवादीको भन्दा ३२ मतले कम हो । यी दलले मत नदिए कांग्रेस र माओवादी मात्रै मिल्दा पनि राष्ट्रपति जित्ने अवस्था हुँदैन ।

एमाले, राप्रपा र रास्वपाको १९ हजार ३९० मतमा यी नेकपा एस, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति पार्टीको मत जोड्दा २७ हजार १८२ मत पुग्ने देखिन्छ । साना दललाई मनाउन सके एमालेले कांग्रेस र माओवादी बिना नै राष्ट्रपतिको चुनाव जित्न सक्छ । तर, एमालेले राप्रपा र रास्वपालाई बढी च्याप्दा अन्य दलसँग सम्बन्ध बिगारिरहेको छ ।

अर्कातर्फ आफैंबाट विभाजित नेकपा एससँग उसको सम्बन्ध झन् तिक्ततापूर्ण छ । सोही कारण यो समीकरण अंक गणितमा मात्र सम्भव देखिन्छ । २ हजार ४ सय ९४ मत भएको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी तटस्थ छ । जनता समाजवादी पार्टीले कांग्रेस र एमालेबाहिरबाट पनि राष्ट्रपति चुनावमा उम्मेदवार हुन सक्ने भन्दै आफूहरू निर्णायक रहेको जनाउ दिएको छ ।

राष्ट्रपतिको निर्वाचनमा स्वतन्त्र सांसदको मत पनि ८ सय ७५ रहेको छ । राष्ट्रपतिको प्रतिस्पर्धामा यिनीहरूले पनि प्रभाव पार्न सक्ने छन् । स्वतन्त्र मतमध्ये धेरै मत कांग्रेसले पाउन सक्ने चर्चा छ । स्वतन्त्रबाहेक राष्ट्रिय जनमोर्चाको १५८, नेपाल मजदुर किसान पार्टीको २२३, हाम्रो नेपाली पार्टीको ९६ र संघीय समाजवादी पार्टीको ४८ मत छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४