Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पार्टी बैठकमा प्रचण्ड : रास्वपाले गृह नभई हुन्न भनेर अप्ठ्यारो पार्‍यो


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ १९ २०७९
  • 1.6K
    SHARES

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नभई हुन्न भनेर अप्ठेरो पारेको बताएका छन् ।

बिहीबार बिहीबार पार्टी कार्यालय कोटेश्वरमा केहीबेर बसेर स्थगित भएको स्थायी समिति बैठकमा प्रचण्डले रास्वपाको अडानले सत्ता गठबन्धन अप्ठेरोमा परेको बताएका एक नेताले जानकारी दिएका छन्  ।

‘रास्वपाले गृहमन्त्री नभई हुन्न भनेर अप्ठ्यारो गरेको छ’ प्रचण्डको भनाइ उधृत गर्दै ती नेताले भने, ‘रविलाई गृहमन्त्री दिन सकिने अबस्था छैन । ओलीको पनि दवाव छँदैछ । भोलिसम्म हेरौं ।

नागरिकता प्रकरणका कारण रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट पदमुक्त भएका थिए । उनले नेपाली नागरिकता लिएपछि आफूलाई पुनः गृहमन्त्री बनाउनुपर्ने भन्दै दबाव दिइरहेका छन् ।

नेकपा माओवादी केन्द्रका सचिव गणेश साहले राजनीतिक घटनाक्रमका कारण बैकठ एजेन्डामै प्रवेश नगरी भोलि तीन बजेसम्मलाई स्थगित भएको बताएका छन्  । ‘यो राजनीतिक विकास के हुन्छ, त्यो हेरेर भोलि तीन बजेसम्मलाई बैठक स्थगित गरिएको छ,’ साहले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री नदिए सरकार छोड्ने संकेत गरेको छ । यसबारे निर्णय लिन अहिले रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक जारी छ ।

नेकपा माओवादी केन्द्रका एक नेताले गठबन्धनमा तनाव पैदा भएको बताउँदै रास्वपाको निर्णय हेरेर मात्रै आफूहरुको बैठक बस्ने बताएका छन् ।

यद्यपि प्रचण्डले सत्ता गठबन्धन कायमै रहने विश्वास व्यक्त गरेका छन् । पार्टी स्थायी कमिटी बैठकबाट बाहिरिँदै प्रचण्डले रास्वपाले सर्मथन फिर्ता नलिने बताएका थिए । ‘फिर्ता लिनुहुन्न मैले बुझेसम्म’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४