काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलसहितको संयुक्त बैठक जारी रहेको छ । बिहीबार अपराह्नदेखि रास्वपाको केन्द्रीय कार्यालयम बैठक जारी रहेको हो ।
बैठकमा केन्द्रीय समितिका सदस्यहरु, सांसद र मन्त्रीसमेतको सहभागिता रहेको छ । बैठकमा सरकारको विषयका साथै समसामयिक विषयमा छलफल र आवश्यक निर्णय हुने प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।