Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसमा संसदीय कार्यसमिति विस्तारको तयारी, को-को बन्दैछन् सदस्य ?


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ १९ २०७९
  • 1.6K
    SHARES

उपनेतामा खड्का र सचेतकमा गुरुङलाई मनोनीत गर्ने तयारी

काठमाडौँ ।  नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलमा पदाधिकारी मनोनीत र कार्यसमिति विस्तारको तयारी थालेका छन् । बिहीबार बिहान देउवा निवास धुम्बाराहीमा बसेको कांग्रेस संसदीय दलको कार्यसमिति बैठकमा कार्यसमिति विस्तारबारे छलफल भएको हो ।

पुस ६ मा कांग्रेस संसदीय दलको नेतामा निर्वाचित देउवाले पदाधिकारी मनोनीत र कार्यसमिति विस्तारको तयारी थालेका हुन् । योबीचमा देउवाले संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी सांसद रमेश लेखकलाई दिएका छन् । देउवाले अहिलेसम्म दलको उपनेता र  सचेतक भने मनोनीत गरेका छैनन् ।

संसदीय दलको उपनेता र सचेतक मनोनीत गर्ने देउवाको तयारी छ । उपनेतामा पूर्णबहादुर खड्का र सचेतकमा सीता गुरुङलाई मनोनीन गर्ने तयारी भइरहेको देउवाको सचिवालयले जन प्रहारलाई बतायो ।  । देउवाले संसदीय दलले  कार्यसमिति विस्तारका लागि छलफल अगाडि बढाइसकेका छन् । बिहीबारको बैठकमा कार्यसमितिका सदस्यको निर्वाचनका सन्दर्भमा छलफल भएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जन प्रहारलाई बताएका छन्  ।

कांग्रेसमा संसदीय कार्यसमिति ३१ सदस्यीय हुने व्यवस्था छ । कार्यसमितिमा संसदीय दलको नेता, उपनेता, राष्ट्रियसभा सदस्यको दलको नेताका साथै निर्वाचित, मनोनीत र पदेन सदस्य गरी ३१ जना रहने छन् । कार्यसमितिमा सात वटा प्रदेशबाट सात जना निर्वाचित हुने व्यवस्था छ । सम्बन्धित प्रदेशका सबै प्रतिनिधिसभा सदस्यको मतदानबाट एक जना निर्वाचित हुने व्यवस्था छ ।

जसमा प्रदेश १ बाट शेखर कोइराला, मधेस प्रदेशबाट रमेश रिजाल, बागमती प्रदेशबाट प्रकाशमान सिंह, गण्डकीबाट रामचन्द्र पौडेल, लुम्बिनी प्रदेशबाट किशोरसिंह राठौर, कर्णाली हृदयराम थानी, सुदूरपश्चिम प्रदेशबाट एनपी साउद चुनिने सम्भावना छ । कार्यसमितिमा कम्तीमा पाँच जना महिला अनिवार्य हुने गरी क्लस्टर अनुसार जम्मा  ११ जना चयन हुने व्यवस्था छ ।

327881021_1323956235126658_6654872216449628369_n

कांग्रेसका एक पदाधिकारीका अनुसार सर्वसम्मत हुँदा महिलामा अम्बिका बस्नेत, नागिना यादव, सरस्वती बजिमय, कल्पना चौधरी, जावेदा खातुन जागाको सम्भावना बढी छ । बाँकी ६ जना मध्ये १ जना खस–आर्यमा शशांक कोइराला, अर्जुननरसिंह केसी, प्रकाशशरण महत, ज्ञानेन्द्र कार्की, नारायण खड्काको दाबी छ ।

कांग्रेस स्रोतका अनुसार आदिवासी जनजातितर्फ धनराज गुरुङ, मधेसीतर्फ विमलेन्द्र निधि, दलिततर्फबाट जीवन परियार र पिछडिएको क्षेत्रबाट पाण्डेको सम्भावना उच्च छ । यस्तै संसदीय दलका नेताले पाँच सदस्य मनोनीत गर्न पाउने व्यवस्था छ । कार्यसमितिमा एक तिहाइ महिला सदस्यको सुनिश्चितका लागि मनोनीत सदस्यमा महिला सांसद प्राथमिकतामा पर्ने देखिन्छ ।

देउवाले मनोनीत गर्दा ईश्वरी न्यौपाने, सरिता प्रसाईँ, आरजु राणा देउवा र लीलादेवी वोखिम समेटिने सम्भावना छ । ३१ सदस्यीय कार्यसमितिमा पाँच जना निर्वाचित, चार मनोनीत र एक पदेन (सचेतक) सदस्य गरी महिलाको एक तिहाइ पुर्‍याउने तयारी छ । देउवाले मनोनीत गर्ने एक सदस्य पुरुष सांसद समेट्ने छन् । खस आर्यमा छुट्ने मध्ये एक जना  मनोनीत हुने मौका पाउन सक्छन् ।

कार्यसमितिमा मुख्य सचेतक, सचेतक, सरकारमा रहेको अवस्थामा पार्टीको सदस्य भए संसदीय मामिला हेर्न मन्त्री र पार्टीका महामन्त्री पदेन सदस्य हुन्छन् । कांग्रेस महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा दुवै जना महामन्त्री पदेन सदस्य रहने छन् ।

उनीहरू निर्वाचित सांसद पनि हुन् । ३१ सदस्यमा कार्यसमितिमा १९ जना निर्वाचित भएर आउनुपर्ने व्यवस्था छ । सात प्रदेशबाट सात र ११ जना संसदीय दलका सदस्यबाट निर्वाचित हुन्छन् ।

पदेन सदस्य संसदको सदस्य हुँदा मात्र मत दिन पाउने व्यवस्था छ । महामन्त्री सांसद नहुँदा पनि पदेन सदस्य रहन्छन् । तर मत हाल्न पाउँदैनन् । कांग्रेसको विधान अनुसार संसद सदस्य नभएको व्यक्तिलाई कार्यसमितिमा मतदान गर्ने अधिकार हुने छैन ।

३१ सदस्यीय परिकल्पना गरिएको कार्यसमितिमा अहिले ३० जनाको कार्यसमिति हुनेछ । अहिले कांग्रेस सरकारमा पनि छैन । त्यसो हुँदा संसदीय मामिला हेर्न मन्त्री पदेन सदस्य पद खाली हुन्छ । कार्यसमितिको बैठक संसद चलेको अवस्थामा प्रत्येक पन्ध्र दिनमा कम्तीमा एक पटक बस्नुपर्ने व्यवस्था छ ।

कार्यसमिति बन्न नसकेकाले संसदीय दलका नेता देउवाले पदेन सदस्यसहितको बैठक राखेर निर्णय गर्दै आएको अवस्था छ । देउवाले पदेन सदस्य राखेर सभामुखको उम्मेदवार चयन गरेका थिए । उपसभामुखमा पनि उनले त्यही अभ्यास दोहोर्‍याए । बैठकमा पदेन सदस्य नरहेका रामचन्द्र पौडेल र उपसभापति पूर्णबहादुर खड्काको उपस्थिति हुने गरेको थियो ।

पुस २६ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय भने कांग्रेस संसदीय दलले गरेको थियो । संसदमा कांग्रेसका ८९ सांसद छन् । कांग्रेस सांसद टेकबहादुर गुरुङको सांसद पद निलम्बन भए पनि उनलाई संसदीय दलमा सहभागी हुन भने रोकावट छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४