काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी रहेको छ ।
पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकमा पार्टी एकताबारे भएका प्रयासबारेका छलफल भइरहेको बैठकमा सहभागी एक नेताले बताएका छन् ।
ती नेताले जन प्रहारलाई भने, राष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन तथा नेकपा माओवादी केन्द्र र जनता समाजवादीबीच पार्टी एकताबारे भएका प्रयासबारे छलफल आजको बैठकमा हुने छ ।
आजको बैठकमा नेता घनश्याम भुसालको पनि उपस्थिती रहेको छ ।