Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रपतिका लागि तानातान : एमालेलाई माओवादीको ‘ब्याकअप फोर्स’ चुनौती


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ १५ २०७९
  • 4.1K
    SHARES

काठमाडौँ । राष्ट्रपति पद कुन दलले पाउने भन्नेमा अन्योल देखिएको छ । सत्ता साझेदार दलमा राष्ट्रपति पद आफ्नो पार्टीले पाउने सहमति भएको नेकपा एमालेले दाबी गर्दै आएको छ । तर सरकारको नेतृत्व गरेको दल नेकपा माओवादी केन्द्रले भने राष्ट्रपतिको विषयमा कुनै सहमति नभएको जिकिर गरेको छ । बरु नेकपा माओवादी केन्द्रले राष्ट्रपति चयनका सवालमा सकभर राष्ट्रिय सहमति हुनुपर्नेमा जोड दिएको छ । शुक्रबारको स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यहरूले राष्ट्रपतिका सवालमा राष्ट्रिय सहमतिमा जोड दिएको उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन् ।

राष्ट्रपतिका विषयमा राष्ट्रिय सहमति कायम गर्ने मूलभूत रूपमा धेरै कमरेडहरूको आवाज आएको छ’, महराको भनाइ छ । तर उनले यसबारे निर्णय भने भैनसकेको बताएका छन् । उनकाअनुसार सोमबार बस्ने बैठकले थप छलफल गरेर आवश्यक निर्णय गर्नेछ ।   निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक नगरेको सन्दर्भमा फागुन २६ देखि २८ भित्र चुनाव हुने नेकपा माओवादी केन्द्रको बुझाइ छ ।  

अहिलेसम्मको अवस्था हेर्दा राष्ट्रपतिको विषयमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एउटै भ्वाइस रहेको छ’ उनले भने,भोलि गएर के हुन्छ थाहा छैन ।

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा नेपाली काँग्रेसलाई ‘इन्ट्री’ गराएपछि राष्ट्रपतिको विषय पेचिलो बनेको हो । सहमति भइसकेको भनिएको विषयमा नेकपा माओवादी केन्द्रले नयाँ बहस ल्याएपछि समस्या भएको छ भने यही कारण नेकपा एमाले र नेकपा माओवादी केन्द्रले एक अर्कालाई शङ्काको दृष्टिले हेर्न थालेका छन् ।

त्यसको फाइदा लिने रणनीतिका साथ नेपाली काँग्रेसले राष्ट्रपतिमा दाबीलाई सशक्त बनाउन थालेको देखिन्छ ।  राष्ट्रपतिमा सहमति बन्न सकेन भने काँग्रेससहितको नयाँ गठबन्धन बनाउने प्रयास हुनेछ ।

राष्ट्रपति निर्वाचनमा संसद्मा रहेका दलहरूको मतभार ५२ हजार ७०७ रहेको छ भने राष्ट्रपति निर्वाचित हुनका लागि २६ हजार ३५४ मत चाहिन्छ । जसअनुसार सत्ता गठबन्धनसँग हाल २९ हजार ८०७ मतभार अर्थात बहुमत देखिन्छ ।

सत्ता साझेदार दलमा नेकपा एमालेको १५ हजार २३३,नेकपा माओवादी केन्द्रको सात हजार ७४५, राष्ट्रिय प्रजातन्त्र पार्टी दुईहजार ४५०, राष्ट्रिय स्वतन्त्र पार्टीको एक हजार ५८० मतभार रहेको छ । यसबाहेक नेपाल किसान पार्टीको २२३, स्वतन्त्रको १९४ र मनोनीतको २३७ मतभार देखिन्छ ।

यदि नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेससहितको गठबन्धन बन्यो भने अहिलेको गठबन्धनभन्दा बढी मत आउने देखिएको छ । नेपाली काँग्रेस–नेकपा  माओवादी केन्द्रको गठबन्धन बनेको खण्डमा ३२ हजार ६४६ मतभार पुग्ने देखिन्छ ।

नेकपा एमालेको साथ छाडेर नेकपा माओवादी केन्द्रले नेपाली काँग्रेसलाई साथ दियो भने नेपाली काँग्रेसको राष्ट्रपति बन्ने निश्चित जस्तै देखिन्छ ।

नेकपा माओवादी केन्द्र नेपाली कांग्रेसतिर ढल्केको खण्डमा जनता समाजवादी पार्टी, लोकतान्त्रिक पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा पनि सँगै रहने देखिन्छ ।  ती पार्टीहरू नेकपा माओवादी केन्द्रसँग केही निकट रहेकाले नेकपा माओवादी केन्द्रको ‘ब्याक फोर्स’को रूपमा समेत हेरिएको छ । अर्थात नेकपा माओवादी केन्द्रलाई ती पार्टीले साथ दिन सक्ने नेताहरू बताउँछन् । स्वतन्त्रसहितका दलको मतभार गणना गर्दा ३२ हजार भन्दा बढी नाघ्ने देखिन्छ ।

यही मत देखेर नेकपा एमाले सशंकित बनेको छ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ नेकपा एमालेले पाउने सहमति बनेको बताउँछन् । अहिलेसम्मको अवस्था हेर्दा राष्ट्रपतिको विषयमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एउटै भ्वाइस रहेको छ’, उनले भने,भोलि गएर के हुन्छ थाहा छैन ।

नेकपा एमालेको साथ छाडेर नेकपा माओवादी केन्द्रले नेपाली काँग्रेसलाई साथ दियो भने नेपाली काँग्रेसको राष्ट्रपति बन्ने निश्चित जस्तै छ । उसो त नेकपा एमालेले र नेकपा माओवादी केन्द्रलाई साथ दिने ठानिएका सम्भावित पार्टीहरू जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीसँग छुट्टाछुट्टै कुराकानी गरिरहेका बताइएको छ ।

 जसपाको दुई हजार १४५ मतभार रहेको छ भने जनमतको एक हजार २४२ र नागरिक उन्मुक्ति पार्टीको ८९२ मतभार छ । यदि नेकपा एमालेले यी तीनवटा दललाई आफूसँग राख्न सक्यो भने केही फरक परिदृश्य भने बन्न सक्ने देखिन्छ ।

तर नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसका नेताहरूले पनि यी दुई दलसँग छुट्टाछुट्टै अनौपचारिक छलफल गरिरहेका छन् । जनमत पार्टीका एक नेताले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको कारण आफ्नो पार्टीले राष्ट्रपति चुनावमा नेकपा माओवादी–नेपाली काँग्रेसबीचको गठबन्धन बनेको खण्डमा साथ दिन सक्ने सम्भावना रहेको बताएको छ ।

प्रधानमन्त्री प्रचण्डले जेलमा रहेका रेशम चौधरीसँग कुराकानी गरेर माग पूरा गर्न सकारात्मक जवाफ दिएका थिए । सोही जवाफपछि “प्रचण्ड”लाई नागरिक उन्मुक्तिले विश्वासको मत दिएको थियो । राष्ट्रपतिको निर्वाचनमा संघीय संसद् र राष्ट्रियसभाका सदस्यहरू मतदाता हुन्छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४