Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फेरि लामिछानेलाई गृह मन्त्री बनाउन बालकोट र समर्थकको दबाब, द्विविधामा “प्रचण्ड”


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ १५ २०७९
  • 3.5K
    SHARES

काठमाडौँ । रवि लामिछानेलाई पुनः गृहमन्त्रीमा फर्काउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सत्तासाझेदार एमाले अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बबाब दिइरहेका छन् । उनका समर्थकले पनि रबि लामिछानेलाई फेरि गृहमन्त्री बनाउनु पर्ने माग राखिएरहेको छन् । तर, प्रधानमन्त्री प्रचण्ड भने यसका लागि तयार भइसकेका छैनन् । यसबारे निर्णय लिन प्रचण्डलाई गाह्रो परिरहेको उनको सचिवालय स्रोतले बताएको छ । खासगरी अहिले प्रचण्ड यसबारे द्विविधामा छन् ।

रवि लामिछानेले नागरिकता लिए पनि उनले पहिलाको अवैध बनेको नेपाली नागरिकताकै प्रयोग गरेर अमेरिकी नागरिक नै रहँदा नेपाली राहदानी समेत लिएकोले तत्काल उनलाई सरकारमा सहभागी गराउँदा झनै समस्या आउन सक्ने प्रचण्डको बुझाइ छ । त्यसमाथि गृह मन्त्रालयकै जिम्मेवारी दिँदा हुन सक्ने चौतर्फी विरोधका कारण पनि उनले यसबारे निर्णय लिन सकिरहेका छैनन् ।

स्रोतले भन्यो ‘रविजीको पासपोर्ट र अन्य डकुमेन्टमा पनि समस्या भएको हुनसक्छ । छानबिनको क्रममा रहेकाले हाल उहाँ सरकारको जिम्मेवारी लिने ठाउँमा जाने कुरा छैन । उहाँले नागरिकता मात्र लिएको हो, अन्य कुरा सच्चिएका छैनन् । प्रधानमन्त्री ज्यू रविलाई सरकारमा ल्याउने पक्षमा हुनुहुन्न ।

तर, रविलाई पुन सरकारमा पठाउनका लागि नेकपा एमाले प्रधानमन्त्रीलाई दबाफ दिइरहेको बुझिएको छ ।नेकपा एमाले निकट स्रोतले भन्यो, ‘रवि जीले नागरिकता लिइसक्नु भएको छ । उहाँ सरकारका आउँने सम्भावना छ ।’ यसै विषयमा अहिले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा छलफल भइरहेकाे छ । सांसद नरहेकाे व्यक्ति पनि ६ महिनासम्म सरकारमा सामेल हुन पाउने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४