Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकारलाई विश्वासको मत दिँदैमा कांग्रेस विपक्षी दलबाट कट्टा हुँदैन : रामनारायण बिडारी


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ १४ २०७९
  • 2.7K
    SHARES

काठमाडाैं । राष्ट्रिय सभाका पूर्व सांसद एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले संविधानले विपक्षी दलको व्याख्या नगरेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विपक्षी दलले सरकारको समर्थन गर्नै हुँदैन भन्ने हिसावबाट बुझ्न नहुने बताउनु भयो ।

उहाँले सरकारलाई सबै दलले समर्थन गर्नुलाई राजनीतिक दलहरुले विपक्षीरहित बनाउने उद्देश्यका साथ गरिएको व्याख्या भएको बताउनु भयो । 

उहाँले संविधानले विपक्षी नेताको व्याख्या गरेको भएपनि विपक्षी दलको व्याख्या नगरेको बताउनु भयो । उहाँले नेपाली काँग्रेस सरकारलाई विश्वासको मत दिँदैमा विपक्षी दलबाट कट्टा हुन नरहेको जिकिर गर्नुभयो ।

गत पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाललाई संसदका अधिकांश दलहरुले विश्वासको मत दिएका थिए । नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले भने प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको थिएन । नेपाली काँग्रेसले समेत प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि संसदमा अहिलेसम्म पनि प्रमुख प्रतिपक्ष दल को हो भन्ने प्रश्न रहेको छ ।

वरिष्ठ अधिवक्ता बिडारीले नेपालको मिश्रित प्रणालीको चुनावलाई पूर्ण समानुपातिक वा पूर्ण प्रत्यक्ष बनाउनुपर्ने बारेमा छलफल गर्नुपर्ने आवश्यक्ता रहेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४