Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाली कांग्रेस जुनसुकै बेला सरकारमा जानसक्छ : शेखर कोइराला


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ १४ २०७९
  • 2.2K
    SHARES

काठमाडाैं। नेपाली काङ्ग्रेस वरिष्ठ नेता डा. शेखर कोइरालाले ठुलो दल भएर पनि सरकारमा जान र सरकार बनाउन नपाउँदा चित्त दुखेको बताएका छन् ।

विराटनगरमा नेपाल प्रेस युनियनको प्रथम प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसले सरकार बनाउन नसक्नुमा उनले आफ्नै कारण भएको बताएका हुन्  । उनले ठुलो पार्टी भएकोले जुनसुकै बेला सरकारमा जान सकिने पनि बताएका छन् ।

उनले सरकारलाई दिएको विश्वासको मतको बारेमा पार्टी भित्र छलफल गर्दा आफू विश्वासको मतको तटस्थ अवस्थामा बस्न लागेपनि पार्टी भित्र बहुमतको निर्णयलाई मानेर अघि बढेको सुनाएका छन् ।

आगामी फागुन २८ पहिला नै देशले राष्ट्रपति पाउनु पर्ने जिकिर गरेका छन्  । नेपाली काङ्ग्रेस वरिष्ठ नेता डा. शेखर कोइरालाले फागुन २८ अघि राष्ट्रपति छान्न नसके देशमा अनिष्ट हुने बताएका छन् । नेपाली काङ्ग्रेसले राष्ट्रपतिको उम्मेदवार बनाउने पनि बताएका हुन् । संविधान भन्दा बाहिर राष्ट्रपति हुन सक्दैन,उनले भने, यहाँ जसले जे गर्दा पनि हुन्छ भन्ने खालको अवस्थाको अन्त्य गर्न काङ्ग्रेसको राष्ट्रपति हुनुपर्छ ।

उनले हिजोको सर्वोच्च अदालतको निर्णयलाई सकारात्मक भनेका छन् । प्रदेशले मन्त्रालय घटाउन प्रदेशहरूले गरेको निर्णय सकारात्मक रहेकोमा उनले प्रशंसा गरेका छन् । प्रदेशहरूले गरेको जस्तो निर्णय संघले पनि गरेर जान सक्नु पर्छ, उनले भने, सङ्घीय सरकारले पनि आर्थिक संहितमा टेवा पुग्नेखालका काम गर्न दबाब दिने काममा मिडियाले भूमिका खेल्नु पर्छ ।

अहिलेको सरकारले पत्रकारलाई दुख दिएको पत्रकारले दुख भोगेका छन्, उनले भने, हामी नेपाली काङ्ग्रेसको सरकार हुँदापनि पत्रकारले दुख पाएको भए त्यसको लागि क्षमा चाहन्छु । उनले सबै जिल्ला समाहित हुनेगरि सबैलाई समेटेर नेतृत्व छान्न कोइरालाले आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४