Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माधव नेपालसँग वामदेवको चार सर्त


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ १४ २०७९
  • 1.5K
    SHARES

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग वामदेव गौतमले पार्टी प्रवेश गर्न चार सर्त राखेका छन् ।

नेकपा एमाले परित्याग गरेका घनश्याम भूसाललाई पार्टी प्रवेश गराएका अध्यक्ष नेपालले गौतमसँग पनि कुरा गरेका थिए ।

‘अब अलग्गै नबस्नुहोस्, एउटै पार्टीमा बसेर बाँकी कुरा गरौंला भन्नुभएको छ,’ एकीकृत समाजवादीका एक पदाधिकारी भन्छन् । उनका अनुसार, वामदेवले राखेको सर्तमा पार्टीभित्र छलफल गर्न सकिने अध्यक्ष नेपालले बताएका छन् ।

तर गौतमले भने अलग्गै पार्टीको नेतृत्व गरिरहेकाले थप छलफल नगरी पार्टी प्रवेश नगर्ने बताएका छन् । गौतमको सर्तमा तीन वटा सैद्धान्तिक विषय छन् ।

पहिलो, जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने गौतमको सर्त छ । एमालेले पाँचौं महाधिवेशनपछि जबजलाई मार्गदर्शक सिद्धान्त मान्दै आएको छ । तर एकीकृत समाजवादीका नेताहरुले भने अब मार्क्सवाद-लेनिनवाद मात्रै मार्गदर्शक सिद्धान्त हुने बताउने गरेका छन् ।

गौतमको दोस्रो सर्त हो, प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री । यो विषयमा पनि छलफल गर्न सकिने एकीकृत समाजवादीका नेताहरुले बताउने गरेका छन् । तेस्रो सर्तका रुपमा गौतमले समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने भनेका छन् ।

यसबाहेक भने गौतमले आफूले नेतृत्व गरेको समूहका नेताहरुलाई व्यवस्थापनको प्रतिबद्धता मागेका छन् । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनपछि कुनै समूहमा नलागेका गौतमले केही व्यक्ति समावेश गरी नेकपा एकता राष्ट्रिय अभियान बनाएका छन् ।

‘वामदेव गौतमको धेरैजसो सर्तमा प्रतिबद्धता जनाउन कुनै अप्ठ्यारो छैन । संवैधानिक विषय भएकाले हामीले भनेर मात्रै हुने पनि होइन’, एकीकृत समाजवादीका ती नेता भन्छन् ।

गत ४ मंसिरको चुनाव अगाडि भने गौतमले नेकपा माओवादी केन्द्रमा मिसिन खोजेका थिए । माओवादी केन्द्रकै चिह्नबाट चुनाव लड्ने निर्णय गरे पनि गौतमले टिकट पाएनन् ।

गौतमले चुनाव लड्न चाहेको प्यूठानबाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल उम्मेदवार बनिन् । आफूले टिकट नपाएपछि गौतम अहिले फेरि एकीकृत समाजवादीसँग सर्त राखेर पार्टी प्रवेशको छलफल गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४