Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रवि लामिछानेको प्रतिक्रिया : म अनागरिक हुँ, कुनै प्रश्नको जवाफ छैन


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ १३ २०७९
  • 2K
    SHARES

काठमाडौं । रवि लामिछानेले सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्ने बताएका छन् । तर अरू कुनै प्रश्नको जवाफ आफूसँग नभएको उनले बताएका छन् ।

सर्वोच्चले सांसद पद खारेज भएको फैसला सुनाउँदा लामिछाने गृह मन्त्रालयमै थिए । मन्त्रालयबाट बाहिरिने क्रममा उनले भनेका छन्, ’अदालतको फैसलालाई स्वागत गर्छु, स्वीकार गर्छु ।

अब के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘म अनागरिक छु । कुनै प्रश्नको जवाफ मसँग छैन ।

सञ्चारकर्मी र लामिछानेको सम्वाद

प्रश्न : सर्वोच्चको फैसलामा तपाईको प्रतिक्रिया के छ ?

रवि : तपाईहरु एउटा अनागरिकलाई प्रश्न सोध्दै हुनुहुन्छ । कहाँको नागरिकलाई प्रश्न सोध्दै हुनुहुन्छ । म कहाँको नागरिक हुँ र कसलाई प्रश्न गर्नुभएको नै थाहा छैन ।

प्रश्न : यो भन्दा अगाडि त गृहमन्त्री हुनुहुन्थ्यो नि

रवि : यतिखेर म अनागरिक छु, एउटा अनागरिकलाई के प्रश्न सोध्नुहुन्छ ।

प्रश्न : अब के गर्नुहुन्छ ?

रवि : थाहा छैन मलाई । एउटा अनागरिकले के गर्छ बुझेकै छैन मैले ।

प्रश्न : सर्वोच्चको फैसलालाई कुन रुपमा लिनुभएको छ ?

रवि : स्वागत गर्छु, स्वीकार गर्छु । सर्वोच्च अदालतभन्दा माथिल्लो कुनै निकाय छ र ? अदालतको फैसलालाई त म एकदमै स्वागत गर्छु, तर अरु प्रश्नमा त भनिहालें, एउटा अनागरिकले के उत्तर दिने ।

प्रश्न : राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष …

रवि : म अध्यक्ष रहिनँ सर । म केही पनि होइन, कहींको पनि होइन ।

प्रश्न : नागरिकता पुनः प्राप्तिको प्रक्रियामा जानुहुन्छ ?

रवि : यो सबै प्रश्नहरुको मसँग कुनै जवाफ छैन । तपाईंहरुले कसलाई प्रश्न सोध्नुभएको ? प्रश्न सोध्न कुनै परिचय चाहिन्छ । यतिखेर कुनै परिचय नभएको एउटा अनागरिकलाई के प्रश्न सोध्नुहुन्छ ।

प्रश्न : जनताले माया गरेको व्यक्ति त हो नि तपाईं ?

रवि : त्यो पनि मलाई थाहा भएन ।

प्रश्न : रास्वपाको सभापति अब को हो त ?

रवि : खै थाहा भएन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४