Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“थापा पनि देउवाकै लाइनमा,”शक्ति सन्तुलनका लागि कांग्रेसलाई राष्ट्रपति “


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ १३ २०७९
  • 2.3K
    SHARES

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शक्ति सन्तुलनका लागि भए पनि नेपाली कांग्रेसलाई राष्ट्रपति पद दिइनुपर्ने बताएका छन् । नेपाली कांग्रेस तनहुँले गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री गगनकुमार थापाले यस्तो बताएका हुन् ।

राष्ट्रिय सहमतिका आधारमा नेपाली कांग्रेसले राष्ट्रपति पाउनुपर्ने उनको भनाई तर्क रहेको छ । राष्ट्रपति, प्रधानमन्त्री, सभामुख फरक-फरक पार्टीको हुँदा शक्ति सन्तुलनमा आउने हुँदा राष्ट्रिय सहमतिमा नै नेपाली कांग्रेसले राष्ट्रपति पाउनुपर्छ,’ महामन्त्री गगनकुमार थापाले भनेका हुन् ।

नेपाली कांग्रेस  पार्टीले राष्ट्रपतिको उम्मेदवारबारे केही दिनभित्र निर्णय गर्ने बताउँदै महामन्त्री गगनकुमार थापाले सोही उम्मेदवारलाई जिताउन सबै पार्टीसँग आह्वान गरिने बताएका छन् । खासगरी नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसको उम्मेदवारलाई मत हाल्ने अपेक्षा हाम्रो हो, किनभने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”लाई गोरखाबाट जितेर आउँदै गर्दा त्यहाँका नेपाली कांग्रेस पार्टीका कार्यकर्ताको मत परेको छ नेपाली कांग्रेसका साथीहरुले मतदान गरेर जिताउनु भएको छ । म काठमाडौँ क्षेत्र नं ४ बाट विजयी हुँदा त्यहाँ नेकपा माओवादी केन्द्रको मत परेको छ उनले भनेका छन् ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पाँच वर्षका निम्ति मत मागेर आएको बताउँदै अहिले विभिन्न बहाना बनाएर जनताको मतलाई दुरुपयोग गर्न नपाइने उल्लेख गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”लाई विश्वासको मत दिइसकेपछि राष्ट्रपति पद नेपाली कांग्रेसको उम्मेदवारलाई दिनुपर्ने भन्दै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भने, ‘त्यसो भयो भने राजनीतिमा सन्तुलन ल्याउँछ र आऊछ ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एकल तागतका आधारमा पार्टीलाई बलियो बनाउनुपर्ने धारणा राखेका छन् । अरुसँग मिलेर जाँदा कांग्रेस बलियो नहुने विगतले देखाइसकेको भन्दै पार्टीलाई एकढिक्का बनाएर जानुको विकल्प नभएको महामन्त्री गगनकुमार थापाले बताएका छन् । नेपाली कांग्रेस नयाँ कार्यक्रमका साथ पुनः जनतामाझ आउने महामन्त्री गगनकुमार थापाको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४