Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

केन्द्रीय समितिको बैठकबाट किन भागिरहेका छन् देउवा ?


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ १२ २०७९
  • 2K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । दुई पटक मिति तोकेर पनि बस्न नसकेको केन्द्रीय कार्यसमितिको बैठक १५ माघका लागि तय भएको थियो ।

तर मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीबार सूचना निकालेर ‘विशेष कारणवश’ अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका छन् ।

यसअघि पुस २२ मा बोलाइएको बैठक २८ हुँदै माघ १५ का लागि मिति सारिएको थियो ।

नेपाली कांग्रेसको विधानअनुसार हरेक २–२ महिनामा केन्द्रीय कार्यसमितिको बैठक बस्नुपर्ने हो । पछिल्लो पटक २७ असारदेखि २ साउनसम्म केन्द्रीयसमिति बैठक बसेको थियो । ५ भदौमा प्रदीप गिरीको निधनप्रति शोक प्रस्ताव पास गर्न अर्को बैठक बस्यो । त्यसयता केन्द्रीय कार्यसमितिको बैठक बस्न सकेको छैन ।

नेताहरुका अनुसार सभापति शेरबहादुर देउवा राष्ट्रपति निर्वाचन अगाडि बैठक राख्ने पक्षमा छैनन् ।

१० पुसमा आफ्नो नेतृत्वको गठबन्धन छाडेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले नेकपा एमालेको समर्थनमा सरकार बनाएका थिए । त्यसको दुई दिनपछि नेपाली कांग्रेसले निर्वाचनको समीक्षा र समसामयिक राजनीतिक सन्दर्भबारे छलफल गर्न २२ पुसमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएको थियो ।

तर बैठकको मिति नजिकिँदै गर्दा संस्थापन पक्षका शीर्ष नेताहरु प्रधानमन्त्री पुष्पकमल दहाल”प्रचण्ड”लाई विश्वासको मत दिन लाइनमा उभिए । त्यही कारण सभापति देउवाले केन्द्रीय समिति २८ गतेलाई सारेर संसदीय दल र कार्यसम्पादन समितिको बैठक बोलाएका थिए । २६ पुसमा दुई महामन्त्री सहित पाँच नेताको फरक मतका बाबजुद प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”लाई विश्वासको मत दिने निर्णय गराएका हुन् ।

त्यसयता पनि सभापति शेर बहादुर देउवाले पटक–पटक कहिले पदाधिकारी त कहिले पूर्वपदाधिकारी समेतको बैठक राखे । तर केन्द्रीय कार्यसमितिको बैठक राख्न चाहेका छैनन् ।

नेताहरुका अनुसार शेर बहादुर देउवाले राष्ट्रपतिको निर्वाचन नहुँदासम्म बैठक नगर्न चाहनुको कारण छ ।

पहिलो, अहिले बैठक बस्दा सत्ता गठबन्धन जोगाउन नसकेको अपजस खेप्नुपर्छ । यदि राष्ट्रपति कांग्रेसले लिन सक्यो भने ‘ड्यामेज कन्ट्रोल’ हुनेछ । त्यसैले उनको अहिलेको प्राथमिकता राष्ट्रपतिको नजिता पार्टीको अनुकुल बनाउनु छ । यसका लागि उनले उपसभापति पूर्णबहादुर खड्का लगायतका नेताहरुलाई प्रधानमन्त्री र नेकपा माओवादी केन्द्रका नेताहरुसँग संवाद गर्न खटाएका छन् ।

अर्को कारण चाहिँ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”लाई नचिढ्याउनु पनि भएको नेताहरु बताउँछन् । किनकी केन्द्रीय कार्यसमितिको बैठकमा कांग्रेस नेतृत्वको गठबन्धनसँग चुनाव लडेर एमालेसँग मिलेर सरकार बनाएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”को आलोचना हुनसक्छ । यस कारणले “प्रचण्ड”लाई चिढ्याउने र राष्ट्रपति निर्वाचन पनि प्रभावित हुने भएकाले पनि शेर बहादुर देउवाले तत्काल बैठक राख्न नचाहेका हुन् ।

आफ्नो विरुद्धमा उठ्ने सक्ने आवाजलाई रोक्ने र “प्रचण्ड”लाई विश्वासमा राखिराख्ने देउवाको सोंच देखिन्छ,’ कांग्रेसका शीर्ष तहका एक नेता भन्छन्, अप्रत्यासित कारणले राष्ट्रपति कांग्रेसले प्राप्त भयो भने त जस लिने उनैले हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४