काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आत्मदाह राज्य संयन्त्र र सिस्टमको असफलता रहेकाे टिप्पणी गर्नु भएकाे छ ।
बुधबार साँझ फेसबुकबाट थापाले गरिखाने मान्छेले न्यायोचित व्यवहार पाउन यो सिस्टम पूरै मर्मत गर्ने अठोट चाहिएको बताउनु भएको हो ।
थापाले राज्य संयन्त्र र समग्र प्रणालीको असफलताका कारण प्रेमप्रसाद आचार्यले आत्मदाह गरेको टिप्पणी गर्नुभएको छ ।
इलामका प्रेमप्रसाद आचार्यको आत्मदाहको घटनाबारे बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब आरोप-प्रत्यारोप वा क्षणिक भावनात्मक आवेगभन्दा पनि उनले पत्रमा उठाएका विषय र प्रसङ्गलाई सम्बोधन गर्न निरन्तर लागिरहने अठोट गर्नुपर्ने जिकिर गर्नु भएको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको मृत्यु राज्य संयन्त्रकै असफलता भएको बताएका छन् । बुधबार साँझ फेसबुकमा स्टाटस लेख्दै उनले यो नेपालको राज्य संयन्त्र, समग्र सिस्टम र सिस्टम चलाउनेहरुको असफलता भएको बताएका हुन् ।
कुनै एउटा पक्षको सामान्य मर्मतले मात्र सिस्टम ठीक नहुने बताउँदै उनले गरिखाने मान्छेले न्यायोचित व्यवहार पाउन सिस्टमको मर्मत गर्ने अठोट चाहिएको बताए ।
अब आरोप-प्रत्यारोप वा क्षणिक भावनात्मक आवेग भन्दा पनि उनले पत्रमा उठाएका विषय र प्रसंगलाई सम्बोधन गर्न निरन्तर लागिरहने अठोट गर्न सकियो भने मात्र यस्तो निराशा र विस्मय कोही नागरिकले भोग्नु नपर्ला !’ उनले भनेका छन् ।
गगन थापाले के लेखे फेसबुकमा ?
प्रेमप्रसाद आचार्यको आत्मदाहको घटनाले आज दिनभर मनमा अनेकन कुरा खेलिरहेको छ। उनको अन्तिम पत्रमा उल्लेखित विषय र प्रसंगहरूले त झन पटक-पटक घोचिरहेको छ ।
यसो सोच्छु – उनको गरिखाने संघर्षका कुनै चरणमा केही भएको वा नभएको भए यस्तो हुदैनथ्यो कि ! फेरि सोच्छु-यो कुनै व्यक्तिको असफलता मात्रै होइन यो त हाम्रो राज्य संयन्त्र र समग्र सिष्टमको असफलता हो । म, हामी सिष्टम चलाउनेको असफलता हो ।
कुनै एउटा पक्षको सामान्य मर्मतले मात्र हाम्रो सिष्टम ठीक हुँदैन । गरिखाने मान्छेले न्यायोचित व्यवहार पाउन यो सिष्टम पूरै मर्मत गर्ने अठोट चाहिएको छ । अब आरोप-प्रत्यारोप वा क्षणिक भावनात्मक आवेग भन्दा पनि उनले पत्रमा उठाएका विषय र प्रसंगलाई सम्बोधन गर्न निरन्तर लागिरहने अठोट गर्न सकियो भनेमात्र यस्तो निराशा र विष्मय कोही नागरिकले भोग्नु नपर्ला !