Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मन्थली नगरपालिकाको सार्वजनिक सुनुवाइ : एक घर एक धारो लगायतका चार बुँदे प्रतिबद्धता


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ ११ २०७९
  • 2.1K
    SHARES

काठमाडौँ । रामेछापको मन्थली नगरपालिकाले आर्थिक वर्ष २०७९-०८० को पहिलो ६ महिनामा सम्पादन गरेको कामको सार्वजनिक सुनुवाइ कार्यक्रम मंगलबार वडा नं ४ सालुमा सम्पन्न भएको छ । सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरपालिका प्रमुख लब श्रेष्ठले आफ्नो कार्यकाल भरिमा नगरपालिकामा एक घर एक धारो पु¥याउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै अझै पनि विद्युत् पुग्न बाँकी नगरपालिकाका कुनै बस्ती भए ती बस्तीमा तत्काल विद्युत् सेवा पु¥याउने प्रतिबद्धता प्रमुख श्रेष्ठले व्यक्त गर्नुभयो । नगरपालिकाले कृषिमा एक वडा एक उत्पादन कार्यक्रम लागु गरी सो उत्पादनमा विशेष अनुदानको व्यवस्था मिलाउने पनि उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा सार्वजनिक सुनुवाइको लागि गरिएको बहिर्गमन अभिमतमा सेवाग्राहीले दिनुभएका सुझावलाई कार्यान्वयन गर्न तत्काल आवश्यक प्रक्रिया प्रारम्भ गर्ने सहित चार बुँदे प्रतिबद्धता जाहेर भएको छ ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै नगरपालिका उपप्रमुख ईश्वरी बस्नेतले नागरिकबाट आएका सुझावलाई कार्यान्वयन गर्न नगरपालिका निरन्तर लाग्ने बताउनुभयो । सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरपालिकाको महाशाखा प्रमुख हेमन्त बुढाथोकीले यस आर्थिक वर्षको पहिलो ६ महिनामा सम्पादन गरेको कामको बारे जानकारी दिनुभएको थियो । कार्यक्रमको उद्देश्य बारे वरिष्ठ शाखा अधिकृत दीपक सुवेदीले प्रष्ट पार्नुभएको थियो ।

कार्यक्रमका सहभागीले जग्गाको तिरो घटाउनुपर्ने, नगरपालिकाका सबै घरमा पानीको धारा पु¥याउनु पर्ने, नगरपालिकाको विकास कार्यक्रम बजार केन्द्रित मात्र होइन समावेशी हुनुपर्ने, सामाजिक सुरक्षा भत्ता समयमा नै उपलब्ध गराउनु पर्ने, लक्षित समुदायलाई केन्द्रित गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने, बाँदर नियन्त्रणको लागि कार्यक्रम ल्याइनु पर्ने, रोजगारीका कार्यक्रम सञ्चालन गर्नु पर्ने, कृषि र पशुका कार्यक्रम वास्तविक किसानसम्म पुग्नु पर्ने सुझाव दिनुभएको थियो । सुनुवाइ कार्यक्रममा वडा नं ४ का वडाध्यक्ष राजन घिमिरे सो वडाको विषयमा उठेका प्रश्नको जवाफ दिनुभएको थियो ।

त्यस्तै नगर प्रमुख, उपप्रमुख, महाशाखा प्रमुख तथा अन्य विषयगत शाखाका प्रमुखहरूले नगरपालिकाको विषयमा उठेको प्रश्नको जवाफ दिनुभएको थियो । कार्यक्रममा वडा नं १ का वडाध्यक्ष होमप्रसाद पौडेल, वडा नं ३ का वडाध्यक्ष गोपालकृष्ण थापा, वडा नं ५ का वडाध्यक्ष रवीन कार्की, वडा नं ७ का वडाध्यक्ष भुवनहरि प्रसाईँ, वडा नं ८ का वडाध्यक्ष गोपाल श्रेष्ठ, वडा नं १३ का वडाध्यक्ष नवराज थापा मगर, मन्थली नगरपालिका युवा परिषद्का उपाध्यक्ष पुष्कर भट्टराई, विभिन्न विषयगत कार्यालय तथा शाखाका प्रमुखहरू लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४