Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बागमतीकाे मन्त्रिपरिषद् विस्तार, काे-काे बने मन्त्री ?


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ ११ २०७९
  • 2.1K
    SHARES

काठमाडौँ । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएसँगै सरकारले पूर्णता पाएकाे छ । मुख्यमन्त्री शालिकराज जम्कट्टेलले ११ सदस्यीय मन्त्रिपरिषदमा बाँकी सदस्य नियुक्त गर्दै सरकारलाई पूर्णता दिएका हुन् ।

साथै उहाँले सबै मन्त्रीहरुको जिम्मेवारी पनि तोकेका छन् । जम्कट्टेल मन्त्रिपरिषदमा नेपाल समाजवादी पार्टीका गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानून मन्त्री, माओवादीका युवराज दुलाल भौतिक पूर्वाधार विकास मन्त्री र कुमारी मोक्तान सामजिक विकास मन्त्री बन्नुभएकाे छ ।

त्यस्तै एमालेका जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री, केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री, एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री, रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री बन्नु भएकाे हाे ।

त्यस्तै राप्रपाका उद्धव थापा खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री, डम्बर तामाङ पर्यटन, उद्योग तथा सहकारी मन्त्री र राजु विष्ट वन तथा वातावरण मन्त्री बनेका छन् । बुधबार नियुक्त भएका मन्त्रीहरुले बुधबार नै प्रदेश प्रमुख प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा गोपनीयताको शपथ पनि लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४