Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सन्दीप लामिछानेको मुद्दामा पुनरावेदनमा जाने सरकारी वकिलको राय


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ ९ २०७९
  • 2.3K
    SHARES

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई थुनामा राख्नुपर्ने भनी बहस गरेका सरकारी वकिलहरुले उनलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेश विरुद्ध सर्वोच्च जानुपर्ने राय तयार गरेका छन् ।

उच्च सरकारी वकिलको कार्यालय, पाटनले उच्च अदालतको आदेश बदरको माग राखी सर्वोच्च अदालतमा निवेदन दिनुपर्ने राय तयार भएको हो । राय सहितको प्रतिवेदन महान्यायाधिवक्ता कार्यालयमा पुगेको छ ।

उच्च अदालतको आदेश विरुद्ध सर्वोच्च अदालतमा जाने कि नजाने भन्नेवारे महान्यायाधीवक्ता कार्यालयले निर्णय गर्छ । आदेश बदरको माग राखी सर्वोच्च अदालत जानुपर्ने भनी आएको रायमाथि अध्ययन हुने र त्यसका आधारमा निर्णय हुने महान्यायाधिवक्ता कार्यालयले जनाएको छ ।

उच्च सरकारी वकिलको कार्यालय पाटनले बलात्कारजस्तो जघन्य अपराधमा आरोपितविरुद्ध तत्काल प्राप्त प्रमाणले उनी दोषी हुनसक्ने अवस्था देखिएको अवस्थामा धरौटीमा छाड्ने आदेश त्रुटिपूर्ण रहेको भनी राय तयार पारेको छ ।

पिडितले अदालतमा बकपत्र गर्दा समेत जाहेरीसँग मिल्नेगरी बकपत्र गरेकाले पनि उनको सुरक्षाका लागि आरोपितलाई थुनामा राख्ने आदेश हुनुपर्ने भन्दै राय तयार गरिएको हो । महान्यायाधीवक्ता कार्यालयले सर्वोच्च जाने निर्णय गरेपछि मात्रै उच्चको आदेश विरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४