काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले पश्चिमा संस्कृतिले राष्ट्रिय संस्कृतिलाई विस्थापित गर्दै लागिरहेकाे बताउनु भएकाे हो ।
२८५९ औँ तामाङ ल्होसारको उपलक्ष्यमा काठमाडौंको टुंडिखेलमा आयोजना गरिएको सोनाम ल्होसार समारोहलाई सम्बोधन गर्दै नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली हुँदा पनि पछिल्लो समय पश्चिमा संस्कृतिले राष्ट्रिय संस्कृतिलाई विस्थापन गर्न लागेको जिकीर गर्नु भएको छ ।
उहाँले एउटा संस्कृतिलाई काखा र अर्कोलाई पाखा गर्दा यस्तो अवस्था आएको बताउनु भएकाे हाे । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले ल्होसार पर्व तामाङ जातिको मात्रै नभएर राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्व भएको बताउनु भएको हो ।