Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सोलुखुम्बुमा अत्यधिक चिसोले पानी जम्यो


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ ८ २०७९
  • 1.6K
    SHARES

काठमाडौँ । सोलुखुम्बुको खुम्बु क्षेत्रमा अत्यधिक चिसोका कारण पानी जम्न थालेको छ । खुम्बु क्षेत्रमा अहिले पिउने पानीको समस्या समेत भएको छ ।

दिउँसो घाम लागे पनि जमेको पानी पग्लिन नसक्दा दैनिकी कष्टकर बन्नेको स्थानीयले बताएका छन् । खुम्बु क्षेत्रमा खानेतेल र घरभित्र राखेको पानीसमेत जमेर ढिक्का बन्ने गरेको उनीहरुले बताएका छन् ।

यतिबेला खुम्बु क्षेत्रका अधिकांश बासिन्दा तथा होटल व्यवसायी जाडो छल्न जिल्ला बाहिर गएका छन् भने चिसोका कारण पालिकाभित्रका १७ विद्यालयमध्ये १४ विद्यालय बन्द भएका छन् ।

यस वर्ष हिउँ नपरे पनि चिसोका कारण पानी जम्न थालेको हो ।

सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायका अनुसार त्यस क्षेत्रको तापक्रम घटेर माइनस १० डिग्रीसेल्सियस सम्म पुग्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४