Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उपसभामुख निर्वाचन : आज उम्मेदवारी दर्ता, भोलि निर्वाचन


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ ६ २०७९
  • 1.9K
    SHARES

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख चयनका लागि शुक्रबारदेखि निर्वाचन प्रक्रिया सुरु हुँदैछ । संघीय संसद सचिवालयका अनुसार शुक्रबार उपसभामुखका लागि उम्मेदवारी (मनोनयन) दर्ताको कार्यतालिका रहेको छ ।

मनोनयन दर्ताको समय दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि तोकिएको छ । उम्मेदवारको नामावली शुक्रबार नै प्रकाशन गरिनेछ । शनिबार बस्ने प्रतिनिधि सभा बैठकमा उपसभामुख चयनको लागि मतदान हुनेछ ।

उपसभामुखमा शुक्रबार मनोनयन दर्ता गर्ने दिन भए पनि दलहरूले उम्मेदवारको टुंगो लगाइसकेका छैनन् । सत्ता गठबन्धनमा उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको छ । गठबन्धनले काठमाडौं २ बाट निर्वाचित सांसद सोविता गौतमलाई उम्मेदवार बनाउने तयारी गरेको छ भने कांग्रेसले पनि उम्मेदवारी दिने तयारी गरेको छ ।

प्रतिनिधि सभाले बिहीबार सभामुख पाएपछि आजदेखि उपसमाभुखको निर्वाचन प्रक्रिया सुरु गरिएको हो ।

प्रतिनिधि सभामा बिहीबार भएको निर्वाचनमा एमाले सांसद देवराज घिमिरेले प्रतिस्पर्धी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेलाई पराजित गर्दै सभामुख चुनिनु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४