Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

को हुन् प्रतिनिधि सभाको सभामुखमा निर्वाचित देवराज घिमिरे ?


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ ५ २०७९
  • 2.4K
    SHARES

काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा निर्वाचित नेकपा एमालेका सांसद देवराज घिमिरे लामो समयदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ । हाल नेकपा एमालेको प्रदेश नम्बर १ का इन्चार्ज समेत रहनु भएका घिमिरे गत मंसिर ४ गते भएको निर्वाचनमा झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित हुनुभएको थियो । यस अघि २०५६ सालमा उहाँ राष्ट्रिय सभामा सांसद हुनुभएको थियो ।

घिमिरेको जन्म ताप्लेजुङको श्रीजंगा गाउँपालिका–३ मा २०१३ साल जेठ १३ गते भएको थियो । हाल भने उहाँ झापाको अर्जुनधारा नगरपालिका वडा ६ का स्थायी बासिन्दा हुनुहुन्छ । उहाँ स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत) लाई हराएर झापा क्षेत्र नम्बर २ बाट २८ हजार ७ सय १६ मत ल्याएर प्रतिनिधि सभामा निर्वाचित हुनु भएको हो । ताप्लेजुङ स्थित गाउँकै श्री सिंहदेवी प्राथमिक विद्यालयबाट विद्यालय शिक्षा हासिल गर्नु भएका घिमिरे काठमाडौँको त्रिचन्द्र क्याम्पसमा स्नातक तह अध्ययन गर्दा गर्दै कम्यूनिष्ट पार्टीको पूर्णकालीन कार्यकर्ताको रुपमा संगठित हुनुभएको थियो ।

वि.सं.२०३१ सालमा झापा बिद्रोह पछि राजनीतिमा लाग्नु भएका घिमिरे २०३२ माघदेखि अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को–अर्डिनेशन कमिटीको गठनपछि विद्यार्थी संगठनमार्फत पार्टी काममा लाग्नु भएको थियो । घिमिरे २०३५ भदौमा पार्टी सदस्यता प्राप्त गर्नुभएको थियो ।

२०३५ साल पुसमा नेकपा माले बनेपछि घिमिरेले तेह्रथुम र पाँचथर जिल्लामा पार्टीको संगठकको रुपमा काम गर्नु भएको थियो । घिमिरेले २०३६ देखि २०४६ सम्म १० वर्ष भन्दा बढी भूमिगत जीवन पार्टी निर्माणमा बिताउनु भएको थियो ।उहाँ २०४६ भदौमा लाहानमा सम्पन्न चौथो महाधिवेशन प्रतिनिधिको रुपमा सहभागी हुनुभएको थियो ।

नेकपा माले र एमालेको एकीकरणपछि २०४९ सालमा भएको पाँचौ राष्ट्रिय महाधिवेशनबाट घिमिरे एमालेको केन्द्रीय कमिटीमा निर्वाचित हुनुभएको थियो । उहाँले २०५० सालदेखि एमालेको मेची अञ्चल इन्चार्जको जिम्मेवारी पाउनु भएको थियो । घिमिरे २०७५ मा एमाले र माओवादी मिलेर बनेको नेकपाको प्रदेश १ को अध्यक्ष हुनु भएको थियो ।

उहाँ २०७८ मा चितवनमा सम्पन्न एमालेको दशौ राष्ट्रिय महाधिवेशनबाट स्थायी कमिटी सदस्य हुनु भएको थियो । घिमिरे अहिले पनि एमाले प्रदेश १ का इन्चार्ज हुनुहुन्छ । घिमिरे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र मानिनुहुन्छ । त्यसकारण पनि एमालेले घिमिरेलाई सभामुख बनाएको हो । प्रतिनिधि सभामा आज भएको सभामुखको निर्वाचनमा घिमिरेले १६७ मत प्राप्त गरेर निर्वाचित हुँदा नेपाली कांग्रेसकी उम्मेदवार ईश्वरी न्यौपानेले सय मत प्राप्त गर्नुभएको थियो ।

सभामुखमा निर्वाचित भएपछि भने उहाँ पार्टीको कुनै पनि कमिटीमा नरहनुहुने एमालेका एक नेताले बताए । किनकि प्रतिनिधि सभाको समामुख पदको गरिमा र जिम्मेवारीको हिसावले स्वतन्त्र रहनु पर्छ भन्ने मान्यता छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४