Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टिकटक लाइभमा जुवा खेलाउने एक जना पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ ५ २०७९
  • 2.5K
    SHARES

काठमाडौं । टिकटकमार्फत अनलाइन जुवा खेलाउने एक जना पक्राउ परेका छन् ।

रुकुम पूर्वको पुथा गाउँपालिका-५ घर भई ललितपुर हरिसिद्धि बस्ने ३५ वर्षीय हरिसचन्द्र मल्ललाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

उनले आफ्नो ई-सेवालगायत अन्य डिजिटल वालेटमा विभिन्न व्यक्तिहरुलाई रकम जम्मा गर्न लगाई टिकटक लाइभमार्फत् जुवा खेलाएको सूचनाका आधारमा काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

मल्लले ‘क्विक क्यास’ नामक टिकटक आइडीहरू खोली दुईवटा इ-सेवा वालेटमा विभिन्न व्यक्तिहरुलाई रकम जम्मा गर्न लगाई १५ दिनको अवधिमा ८ लाख ५३ हजार ३३१ बराबरको रकम टिकटक लाइभ जुवामार्फत् कारोबार गरेको खुलेको छ ।

उनको साथबाट जुवातास खेलाउन प्रयोग भएको स्मार्टफोन एक थान, तास खेल्ने व्यक्तिहरूको नाम र रकम उल्लेख भएको रजिस्टर एक थान र जुवा खेलाउन प्रयोग भएका तास तीन बुक प्रहरीले बरामद गरेको छ ।

उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४