Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रपति चयनमा पनि सत्ता गठबन्धन टुटाउन प्रयास गर्छौं : चन्द्र भण्डारी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ ५ २०७९
  • 2.3K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले सत्तारुढ गठबन्धन टुटाउनका लागि राष्ट्रपति चयनमा पनि प्रयास गर्ने बताएका छन् ।

सभामुखमा देवराज घिमिरे निर्वाचित भएलगत्तै उनले पत्रकारसँग सरकार बनाउने बेला माओवादीसहितका आफूहरुको गठबन्धन टुटाएकाले अब आफूहरुले पनि सत्ता गठबन्धन टुटाउनका लागि प्रयास गर्नु स्वभाविकै भएको तर्क समेत गरेका छन् ।

सांसद भण्डारीले सभामुखलाई मिसन बनाएर सत्तारुढ गठबन्धन टुटाउने गरिएको प्रयास सफल नभएकाले अव राष्ट्रपतिलाई मिसन बनाएर सो कामलाई अघि बढाउने पनि स्पष्ट परेका हुन् ।

उनले भने, ‘हामी चुनावमा गठबन्धनमा थियौं । त्यो गठबन्धन टुट्यो भने अव यो गबन्धन पनि कसरी टुट्छ भनेर सोच्छ नि । पहिला हामी माओवादीसहित ४ वटा पार्टी गठबन्धनमा गयौं । सरकार बनाउने बेलामा त्यो गठबन्धन टुट्यो नि । जसको गठबन्धन टुटेको छ । त्यसले अर्को गठबन्धन टुटाउन लागि रहन्छन् नि । त्यो निरन्तर प्रक्रिया हो । 

सांसद डा. भण्डारीले गठबन्धनलाई टुटाउने काम राजनीतिमा निरन्तर भइरहने पनि बताएका छन् ।

उनले भने, ‘यो राजनीतिमा आउने स्वभाविक प्रक्रिया हो । त्यसकारण मिसन सभामुख थियो । त्यो भएन । अब मिसन राष्ट्रपति पनि हुन्छ । मिसन गठबन्धन टुटाउने हुन्छ । यसमा कुनै शंका नै भएन नि।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४