Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पूर्वप्रहरी प्रमुखलाई कानुन बनाउने जिम्मा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ ३ २०७९
  • 2.2K
    SHARES

काठमाडौं । राप्रपा सरकारमा सहभागी हुँदा प्रधानले महत्वपूर्ण मन्त्रालयको नेतृत्वको जिम्मेवारी पाएका छन् । सांसद जितेपछि सोंच बदल्नुपरेको प्रधानले मन्त्री बनेपछि भूमिका बदल्नुपर्नेछ ।

नेपाल प्रहरीका पूर्वआईजीपी ध्रुबहादुर प्रधान कानुन न्याय तथा संसदीय मामिला मन्त्री बनेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद प्रधानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुन मन्त्री नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्री प्रधानको काँधमा अब संसदबाट अनुमोदन हुने कानुनको मस्यौदा निर्माण गर्नुुपर्ने मूल दायित्व छ । जबकी ४ मंसिरको चुनाव अगाडिसम्म ७४ वर्षीय प्रधान सक्रिय राजनीतिबाटै विदा हुने सोंचमा थिए ।

‘सधैंभर सक्रिय जीवन बिताउन सकिंदैन भन्ने लागिसकेको थियो । प्रहरी सेवापछि म सिधै राजनीतिमा आएँ, खेलकुदमा लागें’ चुनाव जितेपछि प्रधानले भनेका थिए, ‘अब रिटायर्ड हुनुपर्छ जस्तो लागिसकेको थियो ।’ तर नवलवरासी–२ बाट पूर्व गृहराज्य मन्त्री रहेका कांग्रेस नेता देवेन्द्रराज कँडेललाई हराएपछि प्रधानको बाटो बदलियो, संघीय संसदको सांसद बने ।

राप्रपा सरकारमा सहभागी हुँदा प्रधानले महत्वपूर्ण मन्त्रालयको नेतृत्वको जिम्मेवारी पाएका छन् । सांसद जितेपछि सोंच बदल्नुपरेको प्रधानले मन्त्री बनेपछि भूमिका बदल्नुपर्नेछ ।

किनकि ३० वर्ष नेपाल प्रहरीमा रहँदा सधैं कानुनको रक्षार्थ उभिनुपरेको थियो । प्रधानले महानिरीक्षक भएर २०५३ देखि ०५४ सम्म प्रहरी प्रशासनको नेतृत्व गरे । प्रहरीको जागिरबाट अवकाश लिएपछि भने उनी राप्रपाबाट राजनीति गर्न थाले ।

तर उनका निम्ति राजनीति सजिलो भएन, लगभग रहरजस्तो मात्रै देखियो । २०५६ बाटै चुनाव लड्न थालेका प्रधान सधैं पराजित भइरहे । २०५६ र २०७० मा भने नवलपरासी–४ र ५ बाट उम्मेदवार बनेका थिए । ०७४ मा उम्मेदवार नै बन्न पाएनन् । कांग्रेसका कँडेललाई समर्थन गर्नुपरेकाले त्यो चुनावमा भने प्रधानले हार्नु परेन ।

तर यसपटक तिनै आफूलाई सधैं हराउँदै आएका कँडेलविरुद्ध प्रधानले जिते । ३४ हजार ७६४ मत पाएर प्रतिनिधिसभा सदस्य जित्दा कँडेलले १९ हजार ५९४ मत ल्याएका थिए । जितपछि कँडेलले सधैं हार्ने प्रधानलाई बधाइ दिदै सोधेका थिए, ‘कति वर्ष पर्खिनुभयो ?’ प्रधानको छोटो जवाफ थियो– २३ वर्ष ।

२३ वर्ष लामो प्रयासपछि सांसद जितेपछि भने प्रधान मन्त्री नै बने । राप्रपाका केन्द्रीय उपाध्यक्ष रहेका प्रधान प्रहरी सेवामै हुँदा पनि हक्की स्वभावका अफिसरका रुपमा परिचित थिए । ०३६ को जनमत संग्रह हुँदा उनले काठमाडौं प्रहरीको नेतृत्व गरेका थिए । त्यसबेला नेताहरुलाई दिने उनीसँग एउटै जवाफ थियो, ‘जबसम्म तपाईंहरु कानुन र व्यवस्थाको पालना गर्नुहुन्छ मबाट तटस्थ र निष्पक्ष काम हुन्छ ।

अर्को प्रसंगले पनि प्रधान प्रहरी हुँदा कानूनका इमान्दार पालक रहेको प्रष्ट्याउँछ । काठमाडौंकै डीएसपी हुँदा प्रधानले जुवातास विरुद्ध अपरेशन चलाए । त्यो अपरेशनमा उच्च घरानाका मानिस समेत पक्राउ परेपछि तत्कालीन अञ्चलाधीशले सोधेका थिए, ‘तपाईंले यो कसको आदेशमा गर्नुभएको ?

प्रधानको जवाफ थियो, ‘मलाई अपराधी समात्न कसैको आदेश चाहिँदैन, कानूनले नै मलाई कारबाहीको जनादेश दिन्छ, र यो मेरो आफ्नै निर्णय हो ।

तर प्रहरी सेवा छाडेको २५ वर्षपछि प्रधानले अब विद्यमान नभएर नयाँ कानूनको मस्यौदा कोर्नुपर्नेछ । कानून मन्त्रालयमा थाती लागेका कामहरु पञ्छाएर अगाडि बढ्नुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४