Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आज मन्त्रिपरिषद् विस्तार, नयाँ मन्त्रीहरूले दिउँसो १ बजे सपथ लिने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ ३ २०७९
  • 1.7K
    SHARES

काठमाडौं । सत्तारूढ दलहरुबीच मन्त्रालय भागबण्डामा सहमति भएको छ । सत्तारुढ दलहरुका शीर्ष नेताहरूबीच सोमबार राति मन्त्रालय भागबण्डामा सहमति भएको हो । सहमति अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्नु हुने छ भने मंगलबार नै नयाँ मन्त्रीहरूको सपथ पनि गराइने छ । दिउँसो १ बजे नयाँ मन्त्रीहरूको सपथको समय तोकिएको छ ।

भागबण्डामा एमालेले आठ वटा मन्त्रालय पाउने भएको छ भने माओवादी केन्द्रले ४ मन्त्रालय पाउने छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले र राप्रपाले ३÷३ वटा मन्त्रालय पाउने छन् । माओवादी केन्द्र, रास्वपा र राप्रपाले एक–एक राज्यमन्त्री पनि पाउने भएका छन् । जनता समाजवादी पार्टी (जसपा) को भागमा दुई र जनमत पार्टीको भागमा एउटा मन्त्रालय परेको छ ।

स्रोतका अनुसार एमालेको भागमा परराष्ट्र, रक्षा, भूमि सुधार, कृषि, स्वास्थ्य तथा जनसंख्या र महिला तथा बालबालिका मन्त्रालय परेको छ । एमालेले यस अघि नै अर्थ मन्त्रालय लिइसकेको छ । यस्तै, माओवादीको भागमा सञ्चार, पर्यटन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय परेको छ । माओवादीले यसअघि भौतिक पूर्वाधार मन्त्रालय लिइसकेको छ ।

गृह मन्त्रालय लिइसकेको रास्वपाले शिक्षा र श्रम मन्त्रालय पाएको छ भने राप्रपाले उर्जा, खानेपानी र युवा तथा खेलकुद मन्त्रालय पाएको छ । जसपालाई शहरी विकाससहित दुई मन्त्रालय छुट्याइएको छ । तर उपराष्ट्पति नपाएका कारण जसपा सरकारमा आउने सम्भावना न्युन देखिएको छ ।

जनमत पार्टीले उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने भएको छ । गत पुस ११ गते प्रधानमन्त्रीको शपथ लिएका प्रधानमन्त्री प्रचण्डले तीन सातापछि मन्त्रिपरिषदलाई पूर्णता दिन लागेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४