Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री कप महिला टी–२०ः सुदूरपश्चिम र एपीएफ सेमिफाइनलमा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ २ २०७९
  • 3.8K
    SHARES

काठमाडौं । सुदूरपश्चिम प्रदेश टिम र विभागीय टिम एपीएफ प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् ।

इटहरीको जनता क्रिकेट मैदानमा जारी प्रतियोगिताको समूह ए मा रहेका दुई टिमले लगातार दुई जितपछि सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन् । यो समूहमा रहेका वागमती र गण्डकी प्रदेश टिम भने बाहिरिएका छन् ।

सोमबार सुदूरपश्चिमले गण्डकीलाई ९ विकेटले पराजित गरेपछि सेमिफाइनल समीकरण बनेको हो । समूहमा २ जितपछि एपीएफ र सुदूरपश्चिमको ४–४ अंक छ भने वागमती र गण्डकीले अंक जोड्न सकेका छैनन् ।

समूहमा एपीएफ र सुदूरपश्चिमबीच खेल हुन बाँकी छ । यो खेलको विजेताले समूह विजेता निश्चित गर्नेछ । वागमती र गण्डकी सान्त्वना जितका लागि खेल्नेछन् ।सोमबार गण्डकीले दिएको ६१ रनको झिनो लक्ष्य सुदूरपश्चिमले ११ ओभरमा १ विकेट गुमाएर भेट्टायो ।

सुदूरपश्चिमको जितमा कप्तानसमेत रहेकी ओपनर विन्दू रावलले सर्वाधिक अविजित ४६ रनको योगदान गरिन् । अर्की ओपनर यशोदा भट्ट २ रन बनाएर आउट भए पनि तेस्रो नम्बरमा आएकी शोभा रोकायसँग मिलेर विन्दूले दोस्रो विकेटका लागि ४८ रनको अविजित साझेदारी गरिन् । ११औं ओभरको अन्तिम बलमा जितका लागि १ रन आवश्यक रहँदा विन्दूले चौका प्रहार गरेकी हुन् ।

विन्दूले ४३ बलमा ८ चौका प्रहार गरिन् । अर्को एण्डबाट साथ दिइरहेकी शोभाले अविजित ८ रन बनाइन् । बलिङमा गण्डकीकी निरुता जीटीले १ विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले कमजोर प्रदर्शन गरेको थियो । पूरा २० ओभर खेलेर ९ विकेट गुमाउँदै ६० रन बनाएको गण्डकीका लागि तेस्रो नम्बरमा ब्याटिङ गरेकी सीमाना केसीले सर्बाधिक १३ रन बनाइन् । गण्डकीले १२ अतिरिक्त रन पाएको थियो ।

बलिङमा सुदूरपश्चिमकी मनिषा चौधरीले ४ विकेट लिइन् । उनले ४ ओभरमा १ मेडन राख्दै १४ रन खर्चिन् । इश्वरी भट्ट र स्नेहा महराले १–१ विकेट लिए । गण्डकीका तीनजना ब्याटर रनआउट भएका थिए ।

सुदूरपश्चिमले आफ्नो पहिलो खेलमा वागमती प्रदेशमाथि ३३ रनको विजय रचेको थियो । एपीएफले समूहमा वागमती र गण्डकी दुवैलाई हराइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४