काठमाडौं । यति एयरलाइन्सले सोमबार सबै उडान स्थगित गरेको छ ।
आइतबार पोखरामा यति एयरलाइन्सकाे विमान दुर्घटना भएकाले आइतबार साँझ नै विज्ञप्ति जारी गर्दै यति एयरले सोमबार कुनै पनि उडान नगर्ने जनाएको हो । विमान दुर्घटना भएपछि हराइरहेका यात्रुहरुको खोजी तथा उद्धार कार्य साेमबार बिहानदेखि नै सुरु हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार सोमबार बिहानदेखि उद्धार कार्य गरिने भएकाे छ । आइतबार दिनभरमा पनि उद्धार कार्य सकिएको थिएन भने रात परेपछि उद्धार तथा खोजी कार्य रोकिएको थियो ।
विमानमा चालक दलका ४ जना तथा ६८ जना यात्रु रहेकोमा ६९ जनाको शव फेला परेको छ । ३ जना अझै वेपत्ता रहेका छन् ।