Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चीनमा १ महिनामा ६० हजार कोरोना संक्रमितकाे मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ १ २०७९
  • 1.5K
    SHARES

एजेन्सी । चीनमा पछिल्लो १ महिनामा कोरोना संक्रमणका कारण ६० हजार मानिसको मृत्यु भएको एक तथ्यांक सार्वजनिक भएको छ ।

शून्य कोभिड-१९ काे नीति त्यागेपछि संक्रमणको चपेटामा परेको चीनमा गत डिसेम्बर ८ देखि जनवरी १२ को अवधिमा ५९ हजार ९ सय ३८ जनाको मृत्यु भएको जानकारी त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगको चिकित्सा मामिला प्रमुख चियाओ याहुईले शनिबार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएका हुन् । त्यस मध्ये साढे ५ हजारको कोराेना संक्रमणपछि श्वासप्रश्वास समस्याले मृत्यु भएकाे छ ।

अरु पहिलादेखि नै जटिल रोगको सामना गरिरहेकाहरु रहेको जियाओको भनाइ थियो । कोरोनाको पहिलो पहिचान भएको मुलुक चीनमा यसअघिसम्म मात्रै ५ हजार जना मानिसको मृत्यु भएको दावी गरिएकाे थियाे । पछिल्लो समय विश्व स्वास्थ्य संगठन लगायतले चीनले काराेनासँग सम्बन्धि तथ्यांकहरु लुकाएको आरोप लगाएपछि चीनले पछिल्लो तथ्यांक सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा चियाओले गत डिसेम्बर २३ मा २८ लाख बढी अस्पताल पुगेकोमा अहिले उक्त संख्या घटेर करिब ५ लाखमा झरेको भन्दै संक्रमण घट्दो क्रममा रहेको बताएका छन् । मृत्यु हुनेहरु मध्ये ९० प्रतिशत ६५ वर्ष माथिका मानिसहरू रहेको जनाइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४