Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रिडीको माघे संक्रान्ति मेलामा भक्तजनको घुँइचो


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ १ २०७९
  • 4K
    SHARES

काठमाडौँ । तीन जिल्लाको संगमस्थल ऐतिहासिक क्षेत्र धाम गुल्मीको रुरुस्थित रिडीमा मागे संक्रान्ति मेलाको अवसरमा श्रद्धालु भत्तजनको घुँइचो लागेको छ । गुल्मी, पाल्पा र स्याङ्गजाको संगमस्थल रुरुक्षेत्र गाउँपालिकाको रिडीमा माघे संक्रान्तिको अवसरमा रिडीस्थित कालीगण्डकी नदिमा नुहाउने तथा मेला अवलोकन गर्नेहरुको बिहानैदेखि घुँइचो लागेको छ ।

माघे संक्रान्तिदेखि तीनदिनसम्म कालीगण्डकीमा स्नान गरेर हृषीकेश मन्दिरको दर्शन गरेमा मोक्ष प्राप्तहुने विश्वास छ । हिन्दु धर्ममाविश्वास राख्नेहरुको बिहानैदेखि रिडीमा जमघट भएको हो । चार धाममध्यको प्रशिद्ध धार्मिक स्थल रुरु (रिडी) मा माघे संक्रान्ति मेला सुरू भएसँगै नुहाउने भीडभाड लाग्ने गर्द छ । माघे संक्रान्तिमा रिडी गएर ननुहाएमा मनोकांक्षहरु पूरा हुनेसँगै सन्तोष नहुने भक्तजनहरुको भनाइ रहेको छ ।

गुल्मी, पाल्पा र स्याङ्जाजिल्लाको संगम स्थल रिडीमा माघे संक्रान्तिको अवसरमा स्नानगर्नाले देव ऋण, पितृ ऋण तिरिने धार्मिक विश्वास छ । भुल गरेर गरेका पाप नष्टसँगै मन शान्तिकालागि रिडी मेलामा आउने भक्तजनको भनाइ रहेको छ । यस क्षेत्रमा प्राचीन समयमा देवदत्त ऋषिले तपस्या गरेको धार्मिक मान्यता छ । रुरु क्षेत्र धार्मिक, पौराणिक, ऐतीहासिक तथा पर्यटकीय दृष्टिकोणले पनि निकै महत्वपूर्ण मानिन्छ ।

रुरु क्षेत्रको हृषीकेश मन्दिरमा नेपालकै सबै भन्दा ठुलो भगवानको मूर्ति पनि रहेको छ । रिडीमा कम्मल, काम्ला, राडी पाखी, वाँस तथा चोयाबाट निर्मित सामग्रिहरु, ओखरका घाँजी लगायतका वस्तुको राम्रो व्यापार हुने गर्दछ । व्यापार तथा धार्मिक पर्यटनका लागि व्यपारिहरु रुकुम रोल्पालगायतका ठाउँवाट रिडी आउने गर्दछन् । मेलामा विविध साँस्कृतिक कार्यक्रमसमेत राखिने गरिएको छ ।

ऐतिहासिक क्षेत्र रिडीमा माघे संक्रान्ति सगै एकादसी, साउने संक्रान्ति, असारे एकादसी, भदौरे कृष्ण अष्ठमी, कात्तिक ठूलो एकादसीलगायतका पर्वहरुमा मेला तथा यस क्षेत्रमा नुहाउने तथा पुजा आजा गर्ने प्रचलन छ । माघे संक्रान्तिको अबसरमा जिल्लाका सेतीबेनी, रुद्राबेणी, लेक पोखरा छापहिले, छल्दीलगयतका स्थानमा पनि मेला लाग्ने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४