Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राजनीतिक स्थायित्वका लागि सत्तारुढ गठबन्धनलाई टिकाउनुपर्छ : उपमहासचिव ज्ञवाली


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष ३० २०७९
  • 1.5K
    SHARES

काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धनलाई टिकाउनुपर्ने बाध्यात्मक अवस्था रहेको बताएका छन् । मुलुकको राजनीतिक स्थायित्वका लागि पनि सत्तारुढ गठबन्धनलाई टिकाएर अघि बढनुपर्ने पूर्वमन्त्री समेत रहेका उपमहासचिव ज्ञवालीको तर्क थियो । शनिबार काठमाडौंमा आयोजित पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित पुस्तक ‘सत्ता संघर्षः ३० वर्षमा २८ सरकारका नालीबेली’ को सार्वजनिक तथा अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले मुलुकमा राजनीतिक स्थायित्वको नाममा राजनीतिक प्रणालीमा भने पुनर्विचार गरेर जाने अवस्था तत्कालका लागि नभएकोतर्फ पनि सचेत गराएका छन् ।

उपमहासचिव ज्ञवालीले मुलुकको राजनीतिक स्थायित्वका लागि प्राज्ञिक बहसको माग समेत गरेका छन् । नभए निर्वाचन अघिको गठबन्धन पनि नटिक्ने र पछिको गठबन्धन पनि टिकाउ नहुँदा मुलुक मारमा पर्ने उनले स्मरण गराए । उपमहासचिव ज्ञवालीले राजनीतिक स्थायित्वको लागि राजनीतिक विचारधारामा आधारित, उद्देश्यमा आधारित गठबन्धन बनाएर मुलुकको राजनीतिकलाई अघि बढाउनुको विकल्प नरहेको पनि पटकपटक दोहोर्याए ।

उनले भने, ‘एकदमै छिटोछिटो प्रणालीमा पुनर्विचार बाञ्छनीय कुरा होइन होला । हरेक पटक समस्यालाई हामीले चलाउन नसक्ने, धुलो आफ्नो निधारमा लागेको छ । गाडीको ऐना पुछेको पुछ्यै गरेर समाधान खोज्ने कुरा पनि सायद व्यवहारिक होइन होला । त्यस हिसाबले गर्दा यदि दलहरुको बीचमा टिकाउ खालको एलाइन्सको माग गर्छ अहिलेको हाम्रो राजनीतिक प्रणालीले । राजनीतिक स्थायित्वको निम्ति पनि त्यो आवश्यक छ ।

हामीकहाँ निर्वाचनपूर्व बनाइएका एलाइन्सहरु नटिक्ने र निर्वाचनलगत्तै त्यसले बेग्लै कोर्स लिने यो खालको स्थिति बनेको छ । निर्वाचनमा मतदाताले एउटा एलाइन्समा भोट हाल्छन । तर, काठमाडौं आइपुग्दा नपुग्दै एलाइन्सहरु भत्किन्छ । र, फेरि नयाँ ढंगले एउटा कोर्स सुरु हुन्छ भने यो अहिलेको हाम्रो निर्वाचन प्रणाली र एलाइन्सहरु टिकाउ हुन नसकेको स्थितिमा राजनीतिक स्थायित्वको खोजी हामीले कसरी गर्ने ? एउटा असाध्यै ठूलो चुनौती हाम्रा सामू छ जस्तो मलाई लाग्दछ । यसका लागि प्राज्ञिक बहसहरु ओपन गर्नपर्छ भन्ने म ठान्दछु ।

ज्ञवालीले भने, ‘भर्खरै संविधान परिवर्तन गरिहाल्ने, संविधानका कतिपय प्रावधानहरु परिवर्तन गरिहाल्ने बेला हो भन्ने म ठान्दिन । तर यसको बारेमा एकदमै वस्तुनिष्ट ढंगले अहिलेको निर्वाचन प्रणालीले यही भन्छ– यदि राजनीतिक स्थायित्व खोज्ने हो भने तिमीले दिगो पोलिसीवेष्ट, उद्देश्यमा आधारित एलाइन्स गर । जुन कुरा अहिलेको स्थितिसम्म हेर्दाखेरी करिब करिब असम्भव जस्तो देखिएको छ । यो प्रश्नमा पनि हामीले घोत्लिनु पर्लाजस्तो मलाई लाग्दछ ।’

उपमहासचिव ज्ञवालीले अहिलेको निर्वाचन प्रणाली र एलाइन्सहरु टिकाउ हुन नसक्नुको कारणबारे खोजी गर्न जरुरी रहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४