Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रिय सभा उपनिर्वाचनका लागि ८ दलकाे निवेदन दर्ता


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष २९ २०७९
  • 1.9K
    SHARES

काठमाडाैं । आगामी माघ २५ गतेका लागि निर्धारित राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा भाग लिन ८ वटा राजनीतिक दलले निवेदन दर्ता गराएका छन् ।

निर्वाचन आयोगले उपनिर्वाचनका लागि यहि पुस २५ गतेदेखि २८ गतेसम्मको समयसीमा निर्धारण गरेको थियो । आयोगको कानून तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार ८ वटा राजनीतिक दलले भाग लिन निवेदन दर्ता गराएका छन्।

लुम्बिनी प्रदेशबाट अन्य समूहतर्फ रिक्त रहेको राष्ट्रिय सभा सदस्यको एक पदको उपनिर्वाचन माघ २५ गते हुने भएकाे छ । आयोगका अनुसार नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीले बिहिबार निवेदन दिएका हुन् ।

यसअघि नेकपा (एकीकृत समाजवादी) र बहुजन शक्ति पार्टीले निवेदन दर्ता गराएका थिए । आयोगले उपनिर्वाचनका लागि माघ ११ गते उम्मेदवारी दर्ता हुने गरी निर्वाचन कार्यक्रम प्रकाशित गरिसकेको छ । रिक्त रहेको सदस्य पदको उपनिर्वाचनमा लुम्बिनी प्रदेश अन्तर्गतका स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यलाई मताधिकार हुन्छ ।

लुम्बिनी प्रदेशको स्थानीय तह र प्रदेश सभामा प्रतिनिधित्व रहेपनि लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीले भने उपनिर्वाचनमा भाग लिन निवेदन दर्ता गराएनन् । एमालेका तर्फबाट निर्वाचित राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले गत असोज २३ गते राजीनामा दिएपछि रिक्त रहेको सो पदका लागि उपनिर्वाचन हुन लगेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४